बिहीबार, मंसिर १६ २०७८ ०३:०१ PM

×

मंगलबार सुन प्रतितोला १६ सय र चाँदी १५ रूपैयाँले घट्यो

images

काठमाडौं । मंगलबार सुन प्रतितोला १ हजार ६ सय रूपैयाँले घटेको छ । सुनचाँदी बजारमा मंगलबार  छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ रूपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ९ सय रूपैयाँमा कारोबार भएको थयो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मंगलबारको मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४ सय रूपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १५ रूपैयाँले घटेर १२ सय ५५ रूपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०८ डलर आसपासमा कारोबार भइरहेको छ ।

मङ्गलबार ७ मंसिर २०७८ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया