बिहीबार, मंसिर १६ २०७८ ०३:२३ PM

×

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन इन्टरनेट निःशुल्क

images

काठमाडौं । ग्लोबल आईएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ।

यस विषयमा ग्लोबल आईएमई बैंक र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ। समझदारी पत्रमा ग्लोबल आईएमई बैंकको बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरे।

डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आईएमई बैंकको यो नयाँ पहल हो। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलब्ध हुनेछ।

बैंकले आफ्ना ग्राहकहरुलाइ नविनतम प्रविधिमा लैजान यो आकर्षक योजना सार्वजनिक गरेको हो। समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याएर बैंकले आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङसँगै अन्य सेवाहरु प्रदान गर्दै आएको छ।

बिहीबार ९ मंसिर २०७८ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया