बिहीबार, मंसिर १६ २०७८ ०३:२२ PM

×

माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालयमा राख्याे लकर

images

काठमाडौं । माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन  मन्त्रालयका सचिव  यादवप्रसाद कोइरला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले साे मोबाइल लकरको संयुक्त रूपमा  उद्घाटन गरे ।

आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा  सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सकिनेछ । माछापुच्छ्रे बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय ६२ वटा शाखा र १ सय ५४ शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन काउन्टर छन् ।

 

बिहीबार ९ मंसिर २०७८ ०५:२६ PM मा प्रकाशित

प्रतिक्रिया