६ रेक्टर स्केलको भूकम्पले १२ को मृत्यु, १२२ जना घाइते

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार ४, बुधबार  
६ रेक्टर स्केलको भूकम्पले १२ को मृत्यु, १२२ जना घाइते

एजेन्सी ।  चीनमा भूकम्पका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । चीनको सिन्चुआन प्रान्तमा सोमबार राति आएको भूकम्पमा परी १ सय २२ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सीइएनसी) स्थानीय समयानुसार १०.५५ बजे राति ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । अधिकारीहरुले खोजी तथा उद्धार कार्य चलिरहेको जनाएका छन् ।

आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top