वर्ष खेलाडी युकेश र सावित्रालाई (फोटो फिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार १७, मङ्गलबार  
वर्ष खेलाडी युकेश र सावित्रालाई (फोटो फिचर)

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस् पुरुष वर्ष खेलाडीको उपाधि युकेश गुरूङले जितेका छन्। आज साँझ भएको समारोहमा गुरुङले उक्त अवार्ड जितेका हुन्। 

यस्तै, महिला वर्ष खेलाडीको उपाधि साबित्रा भन्डारीले हात पारेकी छन्। एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्ड भने रेश्मा भण्डारीले जितिन्। टीम अफ द इयरको अवार्ड प्याराग्लाइडिङ टिमले जित्यो भने युवा वर्ष खेलाडी (पुरुष) को उपाधि अजितकुमार यादवले जितेका छन्।

त्यस्तै ‘कोच अफ द इयर’को उपाधि पनि प्याराग्लाइडिङकै प्रशिक्षक योगेश भट्टराईले हात पारेका छन्। पारा वर्ष खेलाडीको उपाधि नेत्रहीन महिला क्रिकेट खेलाडी मनकेसी चौधरीले जितेकी छिन्।

स्पेसल अवार्ड रोहित चन्दलाई दिइएको छ। उनी इन्डोनेसियाको पर्सिजा जकार्ताबाट व्यवासयिक फुटबल खेल्छ्न। उनी इन्डोनेशियामै रहेकाले उनका दाजु रोबिन चन्दले अवार्ड ग्रहण गरे । यस्तै, लाईफटाइम अचिभमेन्ट अवार्ड हरिबहादुर रोकायले प्राप्त गरेका छन्।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top