मन्त्रिपरिषदको आकास्मिक बैठक सिंहदरबारमा सुरु 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २४, मङ्गलबार  
 मन्त्रिपरिषदको आकास्मिक बैठक सिंहदरबारमा सुरु 

काठमाडौं । फलफुल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयलगायत अन्य विषयमा सरकार विवादित बनेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । 

 

मंगलबार बिहान ७ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ। यता प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको  बताएका छन् ।

 

सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।  बैठकबाट विषादी परीक्षणका बारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top