अदालतको आदेशपछि कसरी सम्भव भयो तरकारीको विषादी परीक्षण ?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २७, शुक्रबार  
अदालतको आदेशपछि कसरी सम्भव भयो तरकारीको विषादी परीक्षण ?

काठमाडौं । अदालतले तत्काल विषादी परीक्षण गर्न सरकारका नाममा आदेश जारी गरेपछि प्रदेशस्तरीय विषादी प्रयोगशालामा विषादी परीक्षण सुरु भएको छ । 


भारतीय दूतावासले पत्रै पठाएर विषादी परीक्षण नगर्न सरकारलाई दबाब दिए पछि पूर्वाधार नभएको बहाना पार्दै पछि हटेको सरकारले बिहीबारबाट विषादी परीक्षण सुरु गरेको हो । 


अदालतले राजपत्रमा प्रकाशित सूचना तत्काल कार्यान्वयन गर्न आदेश दिए पछि प्रदेशस्तरीय प्रयोगशालाबाट धमाधम विषादी परीक्षण सुरु गरेको हो । उद्योग मन्त्री मात्रिकप्रसाद यादबले विषादी परीक्षण गर्ने पूर्वाधार अभाव भएकाले तत्काल विषादी परीक्षण रोकिएको बताएका थिए । ‘तर, अदालतको आदेश पछि कहाँबाट सम्भव भयो विषादी परीक्षण?’ उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाँले भने, ‘हाम्रो सरकार भारतीय सरकारसमक्ष झुकेकाले विषादी परीक्षण रोकेको प्रस्ट भयो ।’ 


बिहीबारबाट प्रदेश पाँचको बुटवल, गण्डकी प्रदेश, कालीमाटीलगायतका स्थानमा भारतबाट आउने तरकारीको विषादी परीक्षण हुन थालेको छ । सरकारले हचुवाको भरमा पूर्वाधार नभएको भन्दै विषादी परीक्षण रोकेको थियो ।  


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -५ बाट थप

Top