म्याक्स कनेक्टद्वारा लर्निङ एप ‘स्मार्टर’ सार्वजनिक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन १०, शुक्रबार,०३:०२:PM  
म्याक्स कनेक्टद्वारा लर्निङ एप ‘स्मार्टर’ सार्वजनिक

काठमाडौं । चारदेखि नौ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी म्याक्स कनेक्ट नेपालले ‘स्मार्टर’ मोबाइल एप सार्वजनिक गरेको छ । डिजिटल प्रणालीबाट अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो एप ल्याइएको म्याक्स नेपालले बताएको छ । 

उक्त एपबाट कक्षा चारदेखि नौसम्मका विद्यार्थीले घरमै बसेर अडियो भिजुअलका माध्यमबाट गणित र विज्ञान विषय अध्ययन गर्न सक्छन् । 

कम्पनीले यो एप तीन मोडलमा बजारमा ल्याएको छ । जसमा व्याक्तिगत मोडल अन्तर्गत विद्यार्थीले वार्षिक दश हजार रुपयाँ तिरेर यो एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् भने स्कुल मोडलमा स्कुलले आफ्नो नामबाट वार्षिक ३५ सय रुपैयाँमा विद्यार्थीलाई प्रयोगको सुविधा दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीत राघवले बताएका छन् । कम्पनीले अर्को मोडल स्मार्ट स्कुलमाथि अहिले काम गरिरहेको र यसको सेवा पनि चाँडै बजारमा ल्याउने बताए । 

अङ्ग्रेजी भाषामा उपलब्ध यी एपका सामग्री अडियो–भिजुअल, मोसन ग्राफिक तथा एनिमेसन प्रयोग भएका छन् । यो एप प्रयोग गरी गणित र विज्ञान विषय अडियो भिजुअलद्वारा सिक्न सकिन्छ । कम्पनीले सामुदायिक विद्यालयका लागि पनि नेपाली भाषामा एप ल्याएको सीईओ जीत राघवले बताए । 

इच्छुकले एप प्रयोग गरेको खण्डमा भुक्तानीका लागि खल्ती, ई–सेवा तथा प्रभु–पे प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । 

पढाइसँगै प्रत्येक अङ्कमा चार ओटा सामान्य ज्ञानका प्रश्न हुने र विद्यार्थीले रियल टाइममा आफ्नो ज्ञानको मूल्याङ्कन गर्न सक्ने छन् । अभिभावकले पनि रियल टाइममा आफ्ना सन्तानको प्रगति जहाँ बसेर पनि हेर्न सक्ने फिचर एपमा रहेको बताइएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top