मनाइयो नागपञ्चमी (फाेटाे फिचरसहित)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ साउन २०, साेमबार,११:२६:AM  
मनाइयो नागपञ्चमी (फाेटाे फिचरसहित)

आज नागपञ्चमी । हिन्दू धर्मावलम्बीहरुले आआफ्नाे घरमा नागपूजा गरेर यो पर्व मनाएका छन् । नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यो दिनदेखि बर्खा सकिई हिउँद लागेको पनि मान्ने गरिन्छ। 

नागका अष्टकुल अर्थात् अनन्त, वसुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्दा घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास छ । 

नागपञ्चमीका दिन काठमाडौंको नागपोखरीमा मेला लाग्दै आएको छ । सोमबार यहाँ नागपूजा गर्नेहरुको भीड छ । 

नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको ढोकामा टाँस्नाले सर्पको भय हुँदैन भन्ने हिन्दू शास्त्रको मान्यता छ । 

 

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');