रोजगारीका लागि साइप्रस पठाउने भन्दै विज्ञापन गर्ने एलायन्स कन्सल्टेन्सीमा विभागको छापा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार,०९:३९:AM  
रोजगारीका लागि साइप्रस पठाउने भन्दै विज्ञापन गर्ने एलायन्स कन्सल्टेन्सीमा विभागको छापा

काठमाडौं । वैदेशिक रोजगार विभागले अवैध रुपमा वैदेशिक रोजगारीका लागि यूरोपका विभिन्न मुलुकमा पठाउने कार्य गरिरहेको सूचनाका आधारमा सिनामङ्गलस्थित एलायन्स इनटरनेशनल एजुकेश कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको छ । 

सो कन्सल्टेन्सीले सामाजिक सञ्जालमार्फत यूरोपका मुलुकमा विभिन्न पदमा रोजगारीमा पठाउने भन्दै विज्ञापन गरी अवैध रुपमा वैदेशिक रोजगारसम्बन्धी कार्य गरेको भन्दै विभागले अनुगमन गरेको हो । 

अनुगमनका क्रममा उक्त कन्सल्टेन्सीबाट साइप्रसमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएका व्यक्तिको आवेदन फायल तथा राहदानीको स्क्यान कपी, कामदार भिषा र यूरोपका विभिन्न मुलुकमा कामदार भिषामा पठाएका व्यक्तिको विवरण समेत फेला परेको थियो । 

अनुगमन टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगारसम्बन्धी कागजात र कम्प्युटर जफत गरेको छ । कन्सल्टेन्सीका सञ्चालक सुजितकुमार श्रेष्ठलाई  आवश्यक बयानका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ । 

पछिल्ला दिनमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन व्यक्तिसँग मोटो रकम लिई नियमविपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाउने क्रम बढेको छ । शिक्षा मन्त्रालयसँग समन्वय गरेर अनुगमनलाई तीव्रता दिइने विभागले जनाएको छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top