टेलिफोन प्रयोगकर्ताको सङ्ख्या ५.५९ प्रतिशतले वृद्धि, नेपाल टेलिकम फेरि पनि अग्रस्थानमा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै १५, आइतबार ,१२:५६:PM  
टेलिफोन प्रयोगकर्ताको सङ्ख्या ५.५९ प्रतिशतले वृद्धि, नेपाल टेलिकम फेरि पनि अग्रस्थानमा

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या झण्डै ६ प्रतिशतले बढेको छ । 

गत आव २०७४/७५ को तुलनामा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या ५.५९ प्रतिशतले वृद्धि भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले हालै प्रकाशित गरेको गत असार महिनाको एमआईएस प्रतिवेदनले टेलिफोन पू्रयोगकर्ताको सङ्ख्या बढेको देखाएको छ । 

गतआवमा टेलिफोन प्रयोगकर्ताकोको सङ्ख्या चार करोड १३ लाख ९५ हजार ७२४ पुगेको छ । अघिल्लो आवमा टेलिफोन प्रयोगकर्ताको समग्र सङ्ख्या तीन करोड ९२ लाख २ हजार ५५४ थियो । 

प्रतिवेदनको अनुसार सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेवा प्रयोग गर्ने रहेका छन् । कम्पनीको असारसम्म २ करोड २६ लाख ९६ हार २ सय ४८ प्रयोगकर्ता रहेको छ। 

यस्तै दोस्रोमा निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल प्रयोगकर्ता रहेका छन् । एनसेलको प्रयोगकर्ता एक करोड ६६ लाख ३७ हजार ३८ रहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै स्मार्ट टेलिकमको प्राइभेट लिमिटेडको २० लाख ६० हजार ६९६ रहेका छन् । युटीएलको गत मंसिर र स्याटेलाइट टेलिकमको गत वैशाखदेखि टेलिफोन प्रयोगकर्ता शून्य रहेको देखिएको छ । अन्य टेलिफोन प्रयोगकर्ताको सङ्ख्या भने एक हजार ७४२ रहेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');