संसद्मा सांसदको आपत्ति : उखु किसानलाई भुक्तानी नदिने कस्तो सर्वहारा सरकार ?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २२, आइतबार ,०१:५७:PM  
संसद्मा सांसदको आपत्ति : उखु किसानलाई भुक्तानी नदिने कस्तो सर्वहारा सरकार ?

काठमाडौं । सांसद देवप्रसाद तिमल्सिनाले उखु किसानले भुक्तानी नपाउनु दुःखद रहेको बताएका छन् । आइतबार संसद्को शून्य समयमा बोल्दै सांसद तिमल्सिनाले यस्तो बताएका हुन् । 

पटकपटक संसद्मा कुरा उठाउने र कराउने गरे पनि सरकराले किसानको भुक्तानी दिन कुनै चासो नदेखाएको उनको भनाइ छ । 

‘उखुको मुल्य नपाउँदा उखु किसान पीडित छन् । सरकारले नै किसानलाई भुक्तानी दिन नसक्ने, कस्तो सर्वहारा सरकार रहेछ ?’ उनले भने । चाडपर्व नजिकिँदा पनि चिनी उद्योगीले उखु भुक्तानी नदिने उद्योगीलाई सरकारले केही गर्न नसकेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');