लागू भयो आरटीजीएस प्रणाली : चेक नकाटी रकम एक बैङ्कबाट अर्को बैङ्कमा ट्रान्सफर 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २६, बिहीबार,०६:०७:PM  
लागू भयो आरटीजीएस प्रणाली : चेक नकाटी रकम एक बैङ्कबाट अर्को बैङ्कमा ट्रान्सफर 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गरेको छ । 

राष्ट्र बैङ्कले बिहीबार आफ्नै परिसरमा आयोजना गरेको कार्यक्रममा राष्ट्र बैङ्ककाे विदेशी विनिमय विभागकी कार्यकारी निर्देशक सरिता भट्टले माछापुच्छ्रे बैङ्कमा भएको आफ्नो खाताबाट इन्भेष्टमेन्ट बैङ्कमा भएको अर्का व्यक्तिको खातामा रकम भुक्तानी गरिन् । उनले चेक काटिनन् । बैङ्कका कर्मचारीले बिनाचेक तत्काल उनको भुक्तानी पनि दिए । राष्ट्र बैङ्कले यसको प्रत्यक्ष प्रसारण गरेको थियो । यो प्रणालीसँगै अब भुक्तानीका लागि चेक आवश्यक नपर्ने भएको छ । 

राष्ट्र बैङ्कका अनुसार २ लाखभन्दा माथिको भुक्तानी दिँदा चेक नकाटी रियल टाइम भुक्तानी हुने भएको छ । राष्ट्र बैङ्कले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । र, २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो । अहिले २८ ओटै वाणिज्य बैङ्कहरु यो प्रणालीमा आइसकेका छन् । 

यो प्रणाली धेरै सुरक्षित, विश्वसनीय र छिटो छ । जतिखेर भुक्तानीको आदेश दियो, त्यतिखेरै भुक्तानी हुन्छ । प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्ने भएकाले यो धेरै सस्तो पनि छ । यो प्रणाली लागू गरेपछि बैङ्कहरुको पनि ठूलो खर्च घट्ने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');