ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २९, आइतबार ,०३:४२:PM  
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत आइतबार २४ प्रान्तमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।    
    
देशको राष्ट्रपति बन्नका लागि ट्युनिसियामा अहिले २६ जना नेता चुनावी मैदानमा रहेको आयोगको भनाइ छ ।  आइतबारको निर्वाचनमा ७० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ । ट्युनिसियामा सन् २०११ देखि अहिले दोस्रो पटक राष्ट्रपतीय निर्वाचन हुन लागेको हो ।  
    
यसैबीच, पूर्व राष्ट्रपति स्वर्गीय बेजी सैड इस्सेब्सीकी श्रीमती चाड्लिया फार्रात इस्सेब्सीको निधन भएको छ । विभिन्न स्वास्थ्य समस्याका कारण उनको आइतबार निधन भएको स्वास्थ्य परिवारजनले जानकारी दिएका छन् ।    
    
नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेकै दिन पूर्व राष्ट्रपतिकी पत्नी इस्सेब्सीको ९२ वर्षको उमेरमा निधन भएको हो ।     रासस/सिन्ह्वा

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');