काठमाडौं । सामसुङको ६४ मेगापिक्सल क्यामराको पहिलो फोन ग्यालेक्सी ए७०–एस दसैंपछि नेपालमा सार्वजनिक हुँदैछ । यो फोनको आकर्षक विशेषता भनेको यसको ब्याक क्यामेरा सेटअपमा भएको ६४ मेगापिक्सलको क्यामेरा हो । ६४ मेगापिक्सल क्यामेरा भएको यो सामसुङको पहिलो फोन हो ।
यससँगै २०१९ मै अत्यधिक र उत्कृष्ट मेगापिक्सल भएका अन्य दुई फोन पनि सर्वाजनिक हुँदै छन् । ब्याक क्यामेरा सेटअपमा ६४ मेगापिक्सल क्षमता भएकै दुई फोन साओमीको रेडमी नोट–८ प्रो र रियलमी एक्सटी पनि सार्वजनिक हुँदैछन् ।
सामसुङ ए७० एस र रेडमी नोट ८ प्रो भने दसैंपछि र एक महिनापछि क्रमशः सार्वजनिक हुने आधिकारिक वितरक आईएमएस ग्रुप र एमआई ग्रुपले बताएका छन् । तर, रियलमीको फोन भने नेपालमा कहिले सार्वजनिक हुने भन्ने जानकारीमा आएको छैन ।
यी फोनको मूल्य नेपालमा कति हुने भन्ने कुरा अहिलेसम्म निर्धारण भएको छैन । भारतमा सार्वजनिक भइसकेका यी फोनको मूल्य भने ए७० एसको २८ हजार ९ सय ९९ रुपैयाँ छ । यस्तै साओमीको रेडमी नोट ८ प्रोको मूल्य १४ हजार ९० छ भने रियलमी एक्सटीको मूल्य १५ हजार ९ सय ९९रुपैयाँ छ ।
क्यामेरा सेटअपको कुरा गर्दा ग्यालेक्सी ए ७० एसमा ६४ मेगापिक्सलको क्यामेरा सेन्सर, ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स, पाँच मेगापिक्सलको लाइभ फोकस लेन्स छ, जसले पोट्रेट सट लिने काम गर्छ । यस्तै सेल्फीका लागि यसमा ३२ मेगापिक्सलको ईमेज सेन्सर छ । यस्तै रेडमी नोट ८ प्रोमा ६४ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रावाइड, २ मेगापिक्सलको डेडिकेटेड म्याक्रो क्यामेरा र २ मेगापिक्सलको डेप्थ सेन्सर छ ।
ब्याक क्यामेरा सेटअपमा भने सेल्फी क्यामेरा २० मेगापिक्सलको छ । रियलमी एक्सटीको ब्याक क्यामेरा सेटअपमा ६४ मेगापिक्सलको वाइड, ८ मेगापिक्सको अल्ट्रावाइड, २ मेगापिक्सलको डेडिकेटेड म्याक्रो क्यामेरा र २ मेगापिक्सलको डेप्थ सेन्सर छ । यसको सेल्फी क्यामेरा १६ मेगापिक्सलको छ ।
यी फोनका अन्य फिचर :
यसबाहेक ए ७० एसमा ६.७ इन्चको एफएचडी प्लस इन्फिनिटी यू डिस्प्ले छ । रेडमी नोट ८ प्रोमा ६.५३ इन्चको डिस्प्ले छ भने रियलमीमा ६.४० इन्चको डिस्प्ले छ ।
सामसुङ ए७० एसमा क्वालकम स्न्यापड्रागन ६७५ प्रोसेसर छ, जसमा आठ जीबीको र्याम र १२८ जीबीको इन्टरनल स्टोरेज छ । रेडमी नोट–८ प्रोमा मिडियाटेक हेलिया जी९० टी प्रोसेसर छ । यसमा ६ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज छ भने रियलमी एक्सटीमा क्वालकम स्नापड्रागन ७१२ प्रोसेसर छ, जसमा आठ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज छ ।
ए७० एसमा ४५ सय एमएएच ब्याट्री छ भने रेडमी नोट प्रोमा ४५ सय एमएएच ब्याट्री र रियलमी एक्सटीमा चार हजार एमएएचको ब्याट्री छ ।
ए७० एसमा अनस्क्रिन फिंगर सेन्सर, लाइट सेन्सर, प्रोक्जिमिटी सेन्सर, एक्सेलेरोमिटर, जाइरोस्कोपजस्ता विशेष फिचर छन् भने रेडमी नोट ८ प्रोमा फिंगरप्रिन्ट सेन्सर, कम्पास, प्रोक्जिमिटी सेन्सर, एक्सेलेरोमिटर, लाइट सेन्सर र जाइरोस्कोप छन् । यस्तै रियलमी एक्सटीमा भने पेस अनलकसहित दुवैमा रेडमी नोट ८ प्रोमा भएका सम्पूर्ण फिर छन् ।