समयमै सावाँ ब्याज बुझाउँदा पनि उद्योगहरु राष्ट्र बैंकको ‘निगरानी’मा

account_box सुजन ओली ,
प्रकाशित: २०७६ कात्तिक ८, शुक्रबार,०१:२१:PM  
समयमै सावाँ ब्याज बुझाउँदा पनि उद्योगहरु राष्ट्र बैंकको ‘निगरानी’मा

काठमाडौं । ऋण लिएबापत बैङ्कलाई बुझाउनुपर्ने सावाँ–ब्याज समयमै बुझाएका चिनी उद्योगलाई पनि राष्ट्र बैङ्कले सुक्ष्म निगरानी (वाचलिस्ट) मा राखेको छ । आफूले लिएको कर्जाको सावाँ ब्याज समयमै भुक्तानी गर्दा पनि अधिकांश चिनी उद्योगलाई बैङ्कले वाचलिस्टमा राखेको उद्योगीहरुले बताएका छन् ।

राष्ट्र बैङ्कले बनाएको नियमावली अनुसार लगातार दुई वर्षसम्म उद्योग घाटामा गए, त्यस्ता उद्योगलाई वाचलिस्टमा राख्नुपर्ने व्यवस्था छ । सोहि अनुसार सम्पूर्ण चिनी उद्योगलाई वाचलिस्टमा राखिएको हो । ‘नेपालमा सञ्चालित सम्पूर्ण चिनी उद्योग दुई वर्षदेखि निरन्तर घाटामा छन्,’ चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले भने, ‘त्यही भएर राष्ट्र बैङ्कले वाचलिस्टमा राखेको छ, यो अत्यन्तै अव्यवहारिक निर्णय हो ।’ बैङ्कलाई बुझाउनुपर्ने सम्पूर्ण सावाँ ब्याज एक दिन पनि ढिला गरिएको छैन्, तर, पनि उद्योगलाई वाचलिस्टमा राख्ने काम भएको उनको भनाइ छ ।

कृषिजन्य उद्योग निरन्तर दुई वर्ष घाटामा गए पनि यसरी वाचलिस्टमा राख्न नहुने सङ्घका महासचिव राजेश केडियाँ बताउँछन् । विगत दुई बर्षदेखि चिनी उद्योग निरन्तर घाटामा छन् । एकातिर उद्योग आफै घाटामा हुने र अर्कोतिर बैङ्कले प्रोभिजनिङ गरेपछि उद्योगलाई अतिरिक्त ब्याज तथा पेनाल्टी समेत लगाउन सक्नेछ । बैङ्कलाई तिर्नुपर्ने सावाँ–व्याज समयमा भुक्तानी गर्दा गदै बैङ्कले अतिरिक्त व्याज तथा पेनाल्टी लगाउँदा उद्योग झन समस्यामा पर्ने उद्योगीहरु बताउँछन् । उद्योग घाटामा जाने वित्तिकै निगरानीमा राख्दा समस्या हुने उद्योगीहरु बताउँछन् ।

अहिले चिनी उद्योगलाई बैङ्कले वाचलिस्टमा राखे भने केही समय पछि देशभित्र सञ्चालित स्टील उद्योग पनि वाचलिस्टमा पर्ने उद्योगीहरु बताउँछन् । बैङ्कहरु पनि वाचलिस्टमा राख्ने दाउ हेरेर बसेका हुन्छन । किनभने उद्योगले तिर्नुपर्ने सम्पूर्ण रकम तिरिरहेका हुन्छन् । भनेपछि उनीहरुको लगानी डुब्ने कुरै भएन । तर, वाचलिस्टमा राख्न पाइयो भने थप शुल्क चार्ज गर्न पाइने र त्यसले नाफा बढाउन सकिने दाउमा बैङ्कहरु हुने उद्योगीको भनाइ छ ।

सुजन ओली

क्यापिटल नेपालका संवाददाता हुन् । 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');