महँगा बाइकका वर्कसपमा राजस्वको छापा,  भ्याट छलीको आशङ्का, ‘क्रसफायर’ वर्कसपको कागजपत्र जफत

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १८, साेमबार,११:२६:AM  
महँगा बाइकका वर्कसपमा राजस्वको छापा,  भ्याट छलीको आशङ्का, ‘क्रसफायर’ वर्कसपको कागजपत्र जफत

काठमाडौं । आन्तरिक राजस्व विभागले महँगा बाइकका वर्कसपमा छापा मारेको छ । ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर (भ्याट) छलिएको आशङ्का पछि विभागले महँगा बाइकका वर्कसपमा छापा मारेर कागजपत्र जफत गरेको छ । 

विभाग स्रोतका अनुसार महँगो बाइक अन्तर्गत पर्ने ‘क्रसफायर’ को धुम्बाराही स्थित वर्कसपमा छापा मारेको छ । अनुगमनको क्रममा उक्त वर्कसपमा भ्याट बिल बिना कारोबार गरेको, अन्य कारोबार पनि पारदर्शी नदेखिएको फेला परेपछि सम्पूर्ण कागजपत्र जफत गरिएको छ । छापा मार्दा नक्कली बिल बनाएर उपभोक्तालाई दिने गरेको, स्थायी लेखा नम्बर (प्यान) तथा भ्याटमा कारोबार नगरेको फेला परेको विभागले जनाएको छ । 

काठमाडौंमा खुलेका महँगा बाइकका वर्कसपले भ्याट बिल विनै कारोबार गर्ने गरेको उजुरी विभागमा परेपछि विभागको टोलीले ‘क्रसफायर’को धुम्बाराहीस्थित वर्कसपमा छापा मारेको थियो । काठमाडौंमा खुलेको अधिकांश वर्कसपले भ्याटमा कारोबार गर्दैनन् । बाइक विक्रेता कम्पनी आफैले सञ्चालन गरेको वर्कसपले भ्याट बिल दिए पनि अन्य अधिकांस वर्कसपले भ्याट बिल नदिने विभागका उजुरी परेको छ । 

 विभागले महँगा बाइक क्रसफायर, बीएमडब्ल्यू, डुकाटी, बेनेली, बुलेटलगायत वर्कसपमा पनि छापा मारेको छ । विभाग स्रोतका अनुसार महँगा बाइकका वर्कसप कसैले पनि भ्याटमा कारोबार गरेको देखिएको छैन । ‘उपभोक्ताबाट महँगो मूल्य लिने तर, राज्यलाई तिर्नुपर्ने कर नतिरेको हुन सक्छ,’ विभागका एक अधिकारीले भने, ‘उनीहरुको कारोबारको डिटेल लिएका छौं । अनुसन्धान भइरहेको छ ।’ 

खासगरी, आयकर र भ्याट छलि भएको हुन सक्ने विभागको अनुमान छ । यदि कर छली गरेको पुष्टि भए कानुन अनुसार कारबाही गरिने विभागले जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');