३ हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण प्रक्रिया सुरु 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,०७:२८:PM  
३ हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण प्रक्रिया सुरु 

काठमाडौं । सरकारले ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । यही कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन । 

सम्मेलन केन्द्र निर्माण गर्न सरकारले ललितपुरको गोदावरी नगरपालिकामा पर्ने आफ्नो स्वामित्वमा रहेको कित्ता नं ३२ को कूल २८२ रोपनी ६ आना ३ पैसा जग्गामध्ये वनस्पति उद्यान क्षेत्रदेखि पश्चिमतर्फको र केशर दरबारको कम्पाउन्ड वालदेखि उत्तरतर्फको २५ रोपनी जग्गा शहरी विकास मन्त्रालयको नाममा स्वामित्व हस्तान्तरण निर्णय गरेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');