घरेलु कामदारको भाइरल भिजिटिङ कार्ड ! कार्डकै कारण भारतभर कामको अफर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०५:२१:PM  
घरेलु कामदारको भाइरल भिजिटिङ कार्ड ! कार्डकै कारण भारतभर कामको अफर

एजेन्सी । भिजिटिङ कार्डबाट काम खोजीरहेकी भारतकी एकजना गृहिणी महिला अहिले इन्टरनेटमा भाइरल बनेकी छिन् । पुनेको भावधान क्षेत्रमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी गीता कालेले केही समय अघि एउटा घरमा गर्दै आएको काम गुमाएकी थिइन् । दुःखी र असहाय बनेकी गीताले धनशिरी सिन्दे नामको एकजना रोजगारदाताको सानो सहयोगपछि अहिले चर्चामा आएकी छिन् । 

आधारकार्डबाट भेरिफाई भएको ‘भावधानको घर काम मौसी’ लेखिएको गीताको भिजिटिङ कार्ड अहिले भाइरल बनेको छ । कामबाट फर्केकी सिन्धेले आफ्नो घरेलु सहयोगी गीतालाई दुःखी देखेपछि सोधपुँछ गर्दा उनले काम गर्दै आएको एउटा घरमा काम गुमाएको सुनाइन् । 

त्यसको २४ घण्टामा नै सिन्देले सयओटा विजनेस भिजिटिङ कार्ड डिजाइन गरेर प्रिन्ट गरिन् । उक्त कार्डमा उनको काम र तलबको बारेमा राखिएको थियो । त्यसपछि सिन्धेले ती कार्डहरु अरुलाई बाड्न गीतालाई सिकाइन् । 

तर, सिन्धेको प्रयासले उनले सोचेको भन्दा ठूलो रुप लियो । गीताको भिजिटिङ कार्डको तस्विर चाँडै नै सामाजिक सञ्जालमा भाइरल भयो र उनको फोनमा कल रिङहरु निरन्तर आउन थाल्यो । सिन्धेले पछि त्यो स्टोरीलाई रिपोस्ट गरिन् जुन पछि आटमानस्थित क्रिएटिभ नर्चरका संस्थापक अस्मिता जाभडेकरले पनि शेयर गरेकी छिन् । 

गीता कालेको भिजिटिङ कार्ड भाइरल भएसँगै उनको फोनको रिङ कल रोकिएको छैन । उनलाई देशभरीबाट नै कामको लागि अफरहरु आईरहेका छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');