काठमाडौं । अदालतले चालेको पछिल्लो कदमले सम्पूर्ण व्यापारिक समुदायको मनोबलामाथि आँच पुर्याएकोप्रति ज्योती ग्रुप कम्पनी आपत्ती जनाएको छ । गत कार्तिक १८ गते सिंगापुरबाट फर्कने क्रममा त्रिभुवन विमानस्थल ओर्लनासाथ ज्योति ग्रुपका उपाध्यक्ष डा.रुप ज्योति र उनको छोरीलाई नेपाल प्रहरीले प्रक्राउ गरेर हिरासतमा राखिएको प्रति ज्योती ग्रुपले आपत्ती जनाएको हो ।
ल्याण्डमार्क डेभलपर्स प्रालिविरुद्ध ब्रिज्ञेन्द्र कृष्ण मल्लद्वारा रु.१ करोड ३६ लाख ७५ हजारको आर्थिक विवादलाई लिएर दायर गरिएको मुद्दाका कारण डा. रुप ज्योतिलाई हिरासतमा लिइएको थियो ।
जिल्ला अदालतको इजलासका न्यायधीश कवि न्यौपानेले २०७६, असोज २ गतेका दिन आर्थिक विवादको रुपमा दरखास्त गरिएको यस मुद्दालाई आर्थिक अपराध (देउनी मुद्दा) को रुप दिएको ग्रुपले जनाएको हो । अदालतले चालेको कदम बुझ्न नसकेको ज्योति ग्रुपले आफ्नो विज्ञप्तीमार्फत जनाएको छ।
काठमाडौं जिल्ला अदालतको एकल इजलासका न्यायधीश श्रीकृष्ण भट्टराईले महानगरीय प्रहरी, टेकुलाई ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई हिरासतमा लिनको लागि प्रक्राउ पूर्जी जारी गर्नु सम्पूर्ण व्यापारिक समुहको आँच कमजोर बनाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, कडा परिश्रम र मेहेनत नेपाली उद्योग क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल पद्म ज्योति, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, नाडाका पूर्व अध्यक्ष, एनबिआईका अध्यक्षका साथै विभिन्न सामाजिक तथा व्यापारिक संघ–संस्थाका कार्यकारी सदस्य समेत रहेका पद्म ज्योतीलाइ प्रक्राउ पूर्जी हुनु दुखद छ ।
ल्याण्डमार्क डेभलपर्स प्रा. लि.को वार्षिक साधारण सभाको रेकर्ड अनुसार डा. रुप ज्योति, सुश्री सुरुची ज्योति र श्री पद्म ज्योतिले कम्पनीमा निर्देशकको पद धारण नगरेको समेत ग्रुपले स्पष्ट पारेको छ । हिरासतमा रहेका डा. रुप ज्योति र उनको छारी सुरुची ज्योति केवल कम्पनीका केयौं मध्येका दुई शेयरधनी मात्र हुन् । विज्ञप्तीमा भनिएको छ ।
ज्योति ग्रुप कम्पनीले अन्तर्गत ३० भन्दा बढी कम्पनीहरु समावेश छन् भने ४००० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । नेपालमा सबै भन्दा बढी कर तिर्ने कम्पनीहरु मध्ये ज्योति ग्रुप पनि एक हो । गत वर्षमात्र ज्योति ग्रुपले सरकारलाई १,२०० करोड भन्दा बढी कर बुझाएको ज्योती ग्रुप कम्पनीले जनाएको छ ।