काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेपमा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको बीमा सुविधा दिदै आएको छ । निक्षेप खातामा बैंकले दिएको यो सर्वाधिक रहेको बैंकको भनाई छ ।
मुद्दती खातामा ग्राहकहरुले उच्च ब्याजदरसँगै तीन विभिन्न बीमा सुविधा पनि पाउने छन । यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरुले जीवनमा आउनसक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने छन ।
बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरुको लागि १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत छन् ।
यस्तै औषधी उपचार बीमा अन्तर्गत बहिरंग (ओपिडी) उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा दिने छ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु वापत २० हजार सम्मको भर्पाई गर्नेछ ।
बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरीसकेका छन ।
ग्राहकले सामान्यतया २१ लाखसम्मको बीमा आफैले गर्न परेमा करिब १४ हजार रुपैयाँ बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने शुल्क एभरेष्ट इन्स्योरेन्सलाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकलाई करिब १४ हजारको फाइदा पुग्नेछ ।
बैंकलाई आम जनमानसले गरेको विश्वास र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भए र करिब २० लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेलले बताए ।