काठमाडौं । ग्याँस विक्रेताहरुले सिलिण्डर सटहीको नाममा दैनिक लुट मच्चाईरहँदा नियामक निकायले भने मौन समर्थन गरिरहेको छ । उपभोक्ताहरुलाई ठगीनबाट बचाउन बजार अनुगमण गर्ने एक मात्र सरकारी निकाय वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग भने सिलिण्डर सटहीमा उपभोक्ता लुट्ने विक्रेतालाई प्रमाण नभएको बहानामा कारबाही गर्न खुट्टा कमाइरहेको छ ।
नियामक निकाय वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी प्रमाण नभएसम्म कार्वाही गर्न नसकिने बताउँछन् ।
उनी भन्छन् ‘यस विषयमा धेरै गुनासो उपभोक्ताबाट आएपनि प्रमाण नभएको कारण कार्वाही गर्न समस्या भएको छ ।’ सिलिण्डर सटहीमा उपभोक्ताबाट थप पैसा लिने विषयमा सरकारी निकायसँग कुनै जानकारी नभएको र यस बिषयमा गुणस्तर विभागसँग पनि छलफल गर्ने उनको भनाइ छ । सिलिण्डर साट्दा उपभोक्ताबाट प्रति सिलिण्डर १ हजार रुपैयाँसम्म थप रकम बिक्रेताले असुल्ने गरेका छन् ।
उपभोक्ता अधिकार मन्चका अध्यक्ष माधव तिम्लसिनाले भने नियामक निकायकै उदासिनताको कारण ग्यास विक्रेताको मोनोपली बढेको बताए । ‘हामीले धेरै अघिबाट ग्यास सिलिण्डर साट्दा थप पैसा लिने काम बन्द गर्नुपर्छ भन्दै आएका छौं, अध्यक्ष तिम्लसिनाले भने ‘तर, अहिलेसम्म सरकारी निकाय मौन छ ’ ।
नियामक निकायनै विक्रेताहरुलाई खुलेआम रुपमा पैसा असुल्न सहयोग गरेको भन्दै उपभोक्ताहरुले विरोध जनाउदै आएका छन् । ‘अहिले सामान खरिद गरेको विल त विक्रेताहरुले नदिइरहेको बेला सिलिण्डर सटहीको विल कहाँ बाट उपलब्ध गराउने’,एक उपभोक्ताले भने ।
याे पनि पढ्नुहाेस्
अनुहार हेरेर सिलिन्डर सटहीको शुल्क असुल्छन् विक्रेता
ग्यास बिक्रेताको खुलेआम लुट, नियामक निकाय माैन