डेरी उद्योग संघको अध्यक्षमा राजकुमार दाहाल चयन 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १४, बुधबार,११:१८:AM  
डेरी उद्योग संघको अध्यक्षमा राजकुमार दाहाल चयन 

काठमाडौं । नेपाल डेरी उद्योग संघको अध्यक्षमा राजकुमार दाहाल निर्वाचित भएका छन् । देशभरीका डेरी उद्यमीहरुको संगठनको छाता संगठन रहेको संघको अध्यक्षमा दाहाल अध्यक्ष चयन भएका हुन् । संघको ११ सदस्यीय कार्यसमितिमा सुजल डेरीका निरञ्जन श्रेष्ठ उपाध्यक्ष छन् ।

त्यस्तै, आधुनिक डेरी प्रो प्रालिका विश्वराज बस्नेत महासचिव चुनिएका छन्। कोषाध्यक्षमा पञ्चशील डेरीका पुष्पराज बस्नेत चयन भएका छन् । 

संघको सदस्यहरुमा कन्ट्री फुड प्रालिका सन्तोषलाल श्रेष्ठ, मिलन डेरीका मिलनकुमार सिंह, सामूहिक कृषक डेरीका रविप्रसाद रिजाल, एनएमसी डेरीका रामचन्द्र उप्रेती, चितवन मिल्क लिमिटेडका राजुबाबु श्रेष्ठ र सैजु  डेरीका जेनन सैजु चयन भएका छन्। 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top