काठमाडाैं । कोरोना भाइरसले सेयर बजारको यस्तो हालत बनाइदियो कि दिग्गज लगानीकर्ताहरुको स्ट्राटेजीले पनि काम नगरेको देखिन्छ । पछिल्लो ३० दिनमा भारतीय सेयर बजारको सेंन्सक्स र निफ्टीमा क्रमश २८ प्रतिशत र २९ प्रतिशत गिरावट आएको छ ।
यसको असर साना लगानीकर्तालाई मात्र होइन दिग्गज मानिने ठूला लगानीकर्ताहरुमा पनि परिरहेको छ । भारतीय सेयर बजारका ठूला लगानीकर्ता अर्बपति लगानीकर्ता राकेश झुनझुवालाको पोर्टफोलियो यो समयमा अत्यन्तै गिरावटको संघारमा छ ।
झुनझुवालाको पोर्टफोलियोमा ५ खर्ब ५२ अर्ब भारु हिस्सा रहेको टाइटान कम्पनीको सेयर पछिल्लो ५२ हप्तामा ३३ प्रतिशत ओरालो लागेको छ । यसैगरी झुनझुवालाको सेयर रहेका अन्य कम्पनीको पोर्टफोलियो यस्ता छन् :
टाइटान कम्पनी
राकेश झुनझुवालासँग रहेको कुल सेयर ५९३७६२२०
प्रतिकित्ता मूल्य ९३०.७५ भारु
कुल सेयरको मुल्य ५ खर्ब ५२ अर्ब भारु
एक महिनामा २९ प्रतिशत गिरावट
५२ हप्तामा ३३ प्रतिशत गिरावट
एक महिनामा झुनझुवालाको घटेका सम्पती २२ अर्ब ५० करोड भारु
क्रिसिल लिमिटेड
रोकेश झुनझुवालासँग भएको सेयर ३९६५०००
प्रति सेयर मूल्य १३२५ भारु
कुल सेयर भ्यालू ५२ अर्ब २१ करोड भारु
एक महिनामा १७ प्रतिशत गिरावट
५२ हप्तामा ३६ प्रतिशशत गिरावट
एक महिनामा घटेको सम्पती १ अर्ब ८ करोड
इस्कर्टस् लिमिटेड
राकेश झुनझुनवालासँग भएको सेयर ९४७५०००
प्रति सेयर मूल्य ५७६.४५
कुल सेयर भ्यालू ५४ अर्ब ६२ करोड भारु
५२ हप्तामा ३७ प्रतिशत गिरावट
रेलीज ईन्डिया
राकेश झुनझुनवालासँग भएको सेयर १९०३०८२०
प्रति सेयर मूल्य १८६
कुल सेयर भ्यालू ३४ अर्ब ८९ करोड भारु
५२ हप्तामा २७ प्रतिशत गिरावट
एग्रोटेक फूड लिमिटेड
राकेश झुनझुनवालासँग भएको सेयर १८०३२५९
प्रति सेयर मूल्य ४५०
कुल सेयर भ्यालू ८ अर्ब ७ करोड भारु
५२ हप्तामा ३९ प्रतिशत गिरावट
डेल्टा कर्प
राकेश झुनझुनवालासँग भएको सेयर २०००००००
प्रति सेयर मूल्य ७०
कुल सेयर भ्यालू १ अर्ब ४० करोड भारु
५२ हप्तामा ७५ प्रतिशत गिरावट
ल्यूपिन फर्मा
राकेश झुनझुनवालासँग भएको सेयर ६९३५६०५
प्रति सेयर मूल्य ६९१
कुल सेयर भ्यालू ४२ अर्ब ५१ करोड भारु
५२ हप्तामा ३७ प्रतिशत गिरावट