काठमाडौ । बैंकहरुले ‘इभिनिङ’ काउन्टर बन्द गर्ने भएका छन् । मानिसको भीडभाड कम हुँदै गएपछि बैंकहरुले ५ बजे पछिका सबै काउन्टर बन्द गराएका हुन् ।
बैंकले जुनसुकै एटीएम मेसिनबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलिने र डिजिटल भुक्तानीमा पनि शुल्क नलाग्ने बनाएसँगै बेलुकी काउन्टर बन्द गर्ने भएका हुन् ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालका अनुसार मानिसको भिडभाड कम भएकाले अधिकांश बैकहरुले इभिनिङ काउन्टर बन्द गर्न सक्छन् । तर, त्यसमा बैंकर्स संघले कुनै निर्णय नगरेको उनले बताए । यो अधिकार बैंकलाई छाडिएको छ । उनीहरु आफैले स्वविवेक लगाउने उनले बताए ।
तर, बैंकक आफैले इभिनिङ काउन्टर बन्द गर्न थालेका हुन् । सिटिजन्स् बैंक इन्टरनेसनलले इभिनिङ काउन्टर बन्द गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी, एनएमबी बैंकले पनि बेलुकी काउन्टर बन्द गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले क्यापिटल नेपाललाई बताए ।
बैंकले दिवा सेवा दिने छन् । तर, रात्रीकालीन सेवा बन्द गर्ने भएका हुन् । बैंकमा हुने भिडलाई कम गर्न अन्य धेरै सुविधा दिएका छन् । यस अघिसम्म एउटा बैंकको कार्डबाट अर्को बैङ्कको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्थ्यो । तर, अहिले जुन सुकै एटीएमबाट पैसा निकाल्दा पनि शुल्क लाग्दैन ।
बैंकिङ सेवा अत्यावश्यक भएकाले बैंकका सबै शाखा खुल्ने छन् । बैंकबाट एलसी खोल्नु पर्ने लागायत काममा भने कुनै अवरोध हुँदैन । तर, ऋण प्रवाहको काम भने रोकिएको छ ।