सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘डोनेसन बक्स’ हस्तान्तरण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०५:३५:PM  
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘डोनेसन बक्स’ हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गण्डकी प्रदेश, मुस्ताङ्ख जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिकास्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ । मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापन गर्न डोनेसन बक्स हस्तान्तरण गरेको हो । 

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट डेभलपमेन्ट बैंकका शाखा प्रमुख राजिव पौडेलले गण्डकी प्रदेशका सांसद महेन्द्र बहादुर थकाली तथा मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याललाई हस्तान्त्तरण गरे ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top