कोरोनाले भारतमा मृत्यु हुनेको संख्या १३ पुग्यो, ६८६ मा संक्रमण 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,१०:०७:AM  
कोरोनाले भारतमा मृत्यु हुनेको संख्या १३ पुग्यो, ६८६ मा संक्रमण 

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट  १३ जनाको मृत्यु भएको  छ । बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो ।

बुधबार बिहान ५४ वर्षीय मानिसले कोभिड–१९ को कारण ज्यान गुमाएका थिए । त्यस्तै साँझपख मध्यप्रदेशको उज्जैनमा ६५ वर्षीया महिलाले ज्यान गुमाएकी थिइन् ।

बुधबार राति गुजरातको अहमदावादकी ८५ वर्षीया महिलाको पनि यो भाइरसको कारण ज्यान गएको बताइएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

भारतमा कोरोना भाइरसको प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top