ग्यास अब आधा सिलिन्डर मात्र, मुल्य ६८७ रुपैयाँ ५० पैसा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,१२:३३:PM  
ग्यास अब आधा सिलिन्डर मात्र, मुल्य ६८७ रुपैयाँ ५० पैसा

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगीहरुलाई आधा सिलिन्डर मात्र बेच्न निर्देशन दिएका छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले ग्यास अभाव अन्त्य गर्न उद्योगीहरुलाइ आधा सिलिन्डर मात्र बेच्न निर्देशन दिएको जानकारी दिए  । आधा सिलिन्डरको मुल्य ६८७ रुपैयाँ ५० पैसा रहने छ ।

अहिले ग्यास आयात नियमित भए पनि आपुर्तिलाइ सहज बनाउन नसकिरहेको बेला निगमले आधा सिलिन्डर बेच्न निर्देशन दिएको हो । मंगलबार र बुधबार मात्रै ४ हजार ४०० टन ग्यास नेपाल भित्रिएको छ। यो एकै दिनमा आएको सबैभन्दा धेरै ग्यास हो।

ग्यास उद्योग सघका अध्यक्ष गोकुल भण्डारीले निगमको निर्देशन अनुसार सिलिन्डर बिक्री गरिने जानकारी दिए । अहिले देश संकटमा परेको बेला सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए ।

कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले लकडाउन गरेको छ । तर, उपभोक्ताहरु भने लामो समयसम्म अवस्था यस्तै रहने भन्दै ग्यास भण्डारण गर्न लागेकाले बजारमा अभाव सिर्जना भएको देखिन्छ ।

उद्योग ,वाणिज्य तथा आपुर्ति मन्त्रालयले उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरिरहेको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top