पोखरा, विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सनराइज बैंक लि। प्रादेशिक कार्यालले ५० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) सहयोग गरेको छ ।
सनराइज बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालयका प्रमुख रवीन्द्र केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
केसीले गण्डकी प्रदेशमा दिनप्रति कोरोना संक्रमणको जोखिम बढिरहेकोले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवामा खटीने सबैको सुरक्षाको लागि वैंकको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण उपलब्ध गराएको बताए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सनराइज बैंक लि।बाट प्राप्त भएको यी सामग्री नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई पाँच÷ पाँच थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरीने बताए । उहाँले अहिलको यो जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गर्दा कोरोना विरुद्ध लड्न सकिने बताए ।
उनले सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्तिको व्यवस्थापन गरी सुरक्षित भरपर्दो र विश्वसनीय प्रबन्ध मिलाएको समेत जानकारी दिए ।
यो महामारीबाट आफ्नो सुरक्षाका साथ साथै मानवजातीकै सुरक्षाको लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पूर्ण रुपले पालना गर्न समेत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आग्रह गरे ।
सनराइज बैंक लि।का प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैडेलले यो समयमा स्वास्थ्यकर्मीको लागि पिपिइको सबैभन्दा ठूलो आवश्यकता रहेकाले दुई हप्तासम्म पिपिइको खोजी गरेर सहयोग गरेको बताए ।