काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोक्न सरकारले स्थापना गरेको कोषमा आर्थिक सहयोग गर्नेहरुको होडबाजीन नै चलेको छ । यो महामारीको समयमा सरकारी संस्था, सार्वजनिक संस्थान, वित्तिय कम्पनीहरु, दूरसञ्चार कम्पनी तथा नियाकम निकायलगायतले सरकारी कोषमा रकम जम्मा गर्दै आएका छन ।
कोष स्थापना पछि हालसम्म विभिन्न संस्थाहरुले सरकारलाई सवा एक अर्ब रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिसकेका छन् भने केहि कम्पनीले सहयोगको घोषणा गरिसकेका छन् । यस मध्य नेपालमा धेरै नाफा कमाउने सस्थाको रुपमा चिनिएका बैंकरुले पनि धमाधम सहयोग रकम घोषणा गर्न थालेका छन् ।
हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २२ वटा वाणिज्य बैंकले २५ करोड रुपैयाँ आर्थिक सहयोगको घोषणा गरिसकेका छन् । ती मध्ये केहिले कोषमा रकम जम्मा पनि गराइसकेका छन् ।
अहिलेसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने बैंकहरुमध्ये प्राइम बैंक सबैभन्दा धेरै सहयोग गर्नेमा परेको छ । कोरोनासँग लड्न प्राइम बैंकले सरकारलाई १ करोड ७५ लाख सहयोग गरेको छ । एनएमबी बैंकले सरकारको कोरोना कोरोना रोकथाम कोषलाई १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको पू्रमुम कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीले ऊक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिएका थिए । राष्ट्रिय वाणिज्य बैंकले १ करोड ५० लाख सहयोग गरेको छ ।
त्यस्तै हिमालयन बैकले १ करोड २५ लाख, त्यसैगरी कृषि विकास बैकले १ करोड २५ लाख, ग्लोबल आइएमइ बैंकले १ करोड १५ लाख जम्मा गरेको घोषण गरिसकेका छन् । कोरोना भाइरस नियन्त्रण कोषमा अर्को नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ र सेञ्चुरी कमर्सियल बैंकले कोरोना भाइरस(कोभिड १९) नियन्त्रणका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
बैंकहरु संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरेको जानकारी दिएको छ । त्यसैगरी कोरोना नियन्त्रण गर्न प्रभु बैंकको १ करोड १ लाख सरकारको खातमा जम्मा गरिसकेको छ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि माछापुच्छ्रे बैंकले पनि १ करोड ६ लाख , नेपाल बैंकले १ करोड ,कुमारी बैंकले प्रत्येक प्रदेशबाट १० लाख रुपैयाँका दरले बैंकले कूल ७० लाख रुपैयाँ सहयोग गरेको छ । सरकारलाई सहयोग गर्नेमा विकासबैंकले पनि चासो देखाएका छ । विकासबैंक अन्तर्गतबा पहिलो सहयोग गर्नेमा गण्डकी विकास बैंक छ ।बैंकले कोरोना नियन्त्रणका लागि ३० लाख आर्थिक सहयोग गरेको छ ।
अहिलेसम्म नविल बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्डर्ड बैंक, एनआइसी एशिया बैंक र सनराइज बैंकले आर्थिक सहयोग घोषणा गरेका छैनन् । यी बैंकका अनुसार के कति सहयोग गर्ने भनेर सञ्चालक समितिमा छलफल भइरहेको ती बैंकका सम्बध अधिकारीहरुले जनाएका छन् । सनराइज बैंकले आर्थिक सहयोग नगरेपनि सबै अस्पताल तथा प्रदेश केन्द्रीत रहेर स्वास्थ्य सामाग्री वितरण गरिरहेको जनकारी दिएको छ ।