लकडाउनमा घरभित्रको साथी डिशहोम

account_box सुवास याेञ्जन ,
प्रकाशित: २०७७ वैशाख ५, शुक्रबार,११:३२:AM  
लकडाउनमा घरभित्रको साथी डिशहोम

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै अहिले देश पूर्णरुपमा लक डाउनमा छ । सुरुमा ७ दिनको लागि गरिएको लक डाउनको अवधि बढेर एकमहिना बढि हुने भएको छ । अहिले सबै मानिसहरु घर भित्रै थुनिएर बसेका छन् ।

यो अवधिमा घरभित्रै बसिरहँदा धेरैलाई समय विताउन सकस भइरहेको छ । तर, अहिले गाउँमा होस या सहरमा सबै ठाउँमा डिशहोमको सेवा पुगेको कारण टेलिभिजन हेरेर समय विताउन सहज भइरहेको छ । अहिले डिशहोमको सेवाग्राहीहरु १५ लाख भन्दा बढी रहेका छन् ।

डिशहोमले पनि लक डाउनको अवधिमा ग्राहकहरुलाई विभिन्न सुविधाहरु दिन आकर्षक प्याकेजहरु ल्याइरहेको छ । डिशहोमका  महाप्रवन्धक रमेश सापकोटाले ग्राहकको सुविधालाई मध्यनजर गरेर सेवा सुविधाहरु थपिरहेको जानकारी दिए । उनले अहिले क्रेडिट सुविधा ५ दिनबाट बढाएर १० दिनसम्म पु¥याएको र रिचार्ज नपाएकाहरुलाई घरघरमै पु¥याउने सुविधाहरु ल्याएको बताए ।

योसँगै क्रेडिट सुविधा लिनेको संख्या ह्वात्तै बढेको छ । हुन त पहिला पनि थिए तर अहिले बढेको छ । सायद बजार लक डाउनका कारण बन्द हुँदा रिचार्ज किन्न नपाएर हुन सक्छ । त्यसका लागि credit  स्पेश ग्राहक नम्बर (सेटअपबक्सको नम्बर) टाईप गरेर ३२५०० एसएमएस पठाएमा १० दिनको क्रेडिट सुचारु हुन्छ । यदी यो थाहा भएन भने डिशहोमकै १०० नम्बरको च्यानलमा निरन्तर रुपमा यसको बारेमा जानकारी दिइरहेको छ ।

त्यति मात्र हैन, लक डाउन सुरु (चैत्र ११) गतेदेखी नै सस्तो प्याकेज हेरिरहेका सेवाग्राहीलाई अतिरिक्त पैसा नलिएर, फिल्म, समाचार लगायतका च्यानलहरु लकडाउन अवधिभर थपिदिएको सापकोटाले जानकारी दिए । जुन हेर्नलाई अतिरिक्त शुल्क तिर्नुपर्दैन । यसबाट जसले सस्तो प्याकेज हेरिरहेका थिए । त्यस्ता ग्राहकहलाई थप सुविधा भएको छ । डिशहोमको हाल ६/७ वटा प्याकेज सञ्चालनमा छन् ।  जुन प्योकजको मुल्य २ सय ५०, ३ सय ५०, ४ सय, ४ सय २५ र ५ सय लगायतका छन् । 

बजारक्षेत्रमा लकडाउनको धेरै प्रभाव भएको र देशभरी नै डिशहोमको सेवाग्राहीहरु रहेकोले विभिन्न ठाउँमा १० हजार भन्दा बढि डिलर दाईहरु रहेका छन् । ई सेवा, खल्ती, आइएमई पे लगायतका अनलाइन माध्यमबाट आफैं डाउनलोड गरेर पनि रिचार्ज भैरहेको छ । रिचार्ज कार्डपनि नेपालभरी नै पर्याप्त मात्रामा उपलब्ध गराइरहेको सापकोटाले बताए ।

लाइन काटियो भने पनि १०० नम्बरको च्यानल सुचारु भइरहेको हुन्छ । त्यसमा कोरोना भाइरस (कोभिड १९)बाट कसरी बच्ने भन्ने सार्वजनिक सूचनाहरु विभिन्न सेलिब्रेटिहरु, डाक्टर र विज्ञहरुबाट जानकारी गराइरहेको हुन्छ भने डिशहोमको सेवा सुविधाहरु कसरी लिने र के के छन् भन्ने विषयमा पनि अपडेट भैरहेको छ । 

तर, अहिले लक डाउन त निरन्तर रुपमा थपिदै गएको छ । जसको कारण ग्राहकले क्रेडिट सेवा लिएको समयअवधी पनि सकिएको र रिचार्ज गर्ने ठाउँपनि खुला नभएर समस्यामा परेकाहरुलाई पनि अर्को सुविधा ल्याएको छ । डिशहोमले अहिले ग्राहक सेवा विहान ९ बजे देखी ७ बजेसम्म चलाइरहेको छ ।  त्यसमा टोलफ्रि नम्बर नेपाल टेलिकमका प्रयोगकर्ताले १६६००१२२००० मा सम्पर्क गर्न सक्छन भने एनसेल, सिडिएमए र अरु मोवाईल प्रयोगकर्ताहरुको लागि ९८०११५५००० मा सम्पर्क गर्न सक्ने डिशहोमले जनाएको छ ।

डिशहोमले लकडाउन सुरु भएपछि सामाजिक दुरी कायम गर्ने विषयलाई पनि ध्यान दिएको छ । सामाजिक दुरी कायम गर्न यसअघि ग्राहक सेवामा १ सय वटा टर्मिनल गरेर दुई सिफ्टमा २ सय जना कर्मचारीहरुलाई काम लगाउदै आएको थियो भने अहिले अत्यावश्यक भएपनि त्यसमा अतिरिक्त सुविधा दिएर ६० वटा टर्मिनलबाट एकसय जना कर्मचारीमार्फत १५ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा दिदै आएको छ । सो सेवामा ग्राहकहरुले आफ्नो प्याकेजहरु बढाउने,घटाउने र डिशहोमबाट पाइने अरु सेवा सुविधाको विषयमा जानकारी लिने र दिने कामहरु गरिरहेका छन् ।

अहिले ६० वटा टर्मिनल मात्र सञ्चालनमा रहेको कारण केहि व्यस्त हुनपनि सक्छ, जसका कारण धेरै ग्राहकहरु निरास हुनसक्छन । त्यस्ता ग्राहकहरुले इन्टरनेट पुगेको ठाउँहरु छन् भने डिशहोमको फेसबुक पेजमा गएर आफ्नो फोन नम्बर र ठेगाना त्यहाँ राखियो भने उनिहरुलाई नजिकको डिलर दाईहरुसँग सम्पर्क गराएर रिचार्ज गर्न सक्ने वातावरण मिलाइरहेको छ । 

डिलर दाईहरुले ग्राहकलाई सम्भव भएसम्म घरसम्मै वा विभिन्न माध्यमबाट रिचार्ज पु¥याउने सुविधा दिएका छौं । हामी अहिले रिचार्ज नपाएरै टिभि हेर्न नपाउने अवस्था कसैलाई पनि नहोस भनेर यी सुविधाहरुलाई अगाडी बढाइरहेका छौं । त्यो सूचना १०० नम्बरको च्यानल र फेसबुक पेजमार्फत दैनिक रुपमा जानकारी गराइरहेका छौं । यो सँगै डिलर दाई डिस्काउन्टको स्किमलाई पनि निरन्तरता दिइरहेको सापकोटाले बताए । लक्की ड्र भने लक डाउन खुलेपछि मात्र गर्ने योजना रहेको डिशहोमले जनाएको छ । 

अहिले फिल्महलहरु बन्द छन् तर डिशहोमले सिनेमा घर भनेर दुई वटा च्यानल १०८ र ८८८ मा नयाँ नयाँ नेपाली फिल्महरु प्रशारण गरिरहेको छ । अहिले ८८८ मा आमा र १०८ मा छक्कापन्जा ३ प्रशारण भइरहेको छ । भने शुक्रबारबाट ८८८ मा नयाँ फिल्म छिरिङ र १०८ मा बुलबुल प्रशारण हुदैछ । 

यस्तै डिशहोमकै १०३ नम्बरमा सिनेमा घर भन्ने च्यानल छ । त्यसमा नयाँ र पुराना गरेर दैनिक ४ वटा फिल्महरु निरन्तर रुपमा निशुल्क रुपमा देखाइरहेका छौं । यसबाट लक डाउनको अवधिमा ग्राहकको घरको साथी डिशहोम भएको छ । सबै उमेर समूहलाई मिल्ने खालका च्यानलहरु रहेकोले पनि सबैको प्रिय बन्न सफल भएको सापकोटा बताउँछन् । 

सरकारले डिशहोमको आइडी कार्ड भएकाहरुलाई बैंकसम्म र ग्राहकको घर घरमा जानलाई पनि सहयोग गरिरहेको छ । डिशहोमको फेसबुक पेजमा पेन्टिङको प्रतिस्पर्धा पनि गरिरहेका छौं । त्यहाँ १० औं हजारले आफ्नो कला लाई देखाइरहेका छन् । त्यसमा उत्कृष्ठ हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

डिशहोमले कोरोना भाइरसबाट बच्नका लागि विभिन्न उपायहरु विभिन्न चर्चित कलाकारहरु,सामाजिक अभियन्ता,डाक्टर लगाएतको २ देखि ४ मिनेटको भिडियो क्लिप बनाएर सामाजिक उत्तरदायित्व अन्तर्गत प्रशारण गरिरहेको साकोटाले बताए । यसले गाउँ गाउँमा कोरोना भाइरसको जनचेतना फैलाउने काम गरिरहेको छ ।

सञ्चारमाध्यमलाई सरकारले पनि अत्यावश्यक सेवा भित्रै राखेको छ । डिशहोमले नेपाली च्यानल ४०/४२ वटा र अन्तर्राष्ट्रिय न्यूज चानल, मनोरन्जन च्यानल गरेर अहिले २ सय ८ वटा च्यानलहरु प्रशारण गरिरहेको छ ।

सुवास याेञ्जन

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top