एमपीआईएद्वारा ८ हजार थान मास्क हस्तान्तरण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख १०, बुधबार,१०:११:AM  
 एमपीआईएद्वारा ८ हजार थान मास्क हस्तान्तरण

कोभिड(१९) महामारी नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोटर्स एसोसिएसन (एमपीआईए)ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८ हजार थान मास्क हस्तान्तरण गरेको छ । 

सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा एमपीआईएका अध्यक्ष दीपककुमार मल्होत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन् । 

अध्यक्ष मल्होत्राले यस सहयोगले कोभिड (१९) महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top