माडी नगरपालिकाले खेत बाझो राख्नेलाई प्रतिकठ्ठा १ हजार जरिवाना गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ७, बुधबार,१०:१४:AM  
माडी नगरपालिकाले खेत बाझो राख्नेलाई प्रतिकठ्ठा १ हजार जरिवाना गर्ने 

चितवन । यहाँको माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ ।  माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा १ हजार जरिवाना गर्ने बताएको छ । 

कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने बताएको छ । 

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले युवालाई बेरोजगार हुन नदिनका लागि खेतीयोग्य जमीन बाँझो राख्न नदिन लागिएको बताए । 

कृषकलाई खेती गर्दा नगरपालिकाले अनुदानको व्यवस्थासमेत गरेको छ । माछापालनका पकेट क्षेत्रका रूपमा रहेको माडी नगरपालिकामा माछापालनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रू।४  करोड अनुदानको व्यवस्थासमेत गरेको उनले जानकारी दिए । 

नगरपालिकाका कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायले भने, ‘कम्तीमा मूलबाली लगाउनुपर्छ ।’ साउनदेखि नगरपालिकाले जग्गा अवलोकन गर्ने भन्दै उनले जग्गा बाँझो रहे कारवाही हुने बताए ।

उनका अनुसारनगरपालिकाभित्र खेतीयोग्य जग्गा खाली हुन नदिन कडाइ गर्न खोजिएको हो । बिघौं जग्गा किनेर खाली छोड्ने गरेको पाइएकाले नगरपालिकाले जग्गा बाँझो राख्न नदिनका लागि कारवाही अभियान शुरु गर्न लागेको हो । 

कृषि उत्पादन गर्न ती जग्गा स्थानीयवासीलाई कमाउन दिन प्रेरितसमेत गरिनेछ । माडीमा हाल ४३ हजार ३६५ जनसंख्या रहेको छ । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top