नेपालकाे नयाँ नक्सा सार्वजनिक

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ७, बुधबार,०२:५०:PM  
नेपालकाे नयाँ नक्सा सार्वजनिक

काठमाडौं । सरकारले नेपालकाे नयाँ नक्सा सार्वजनिक गरेकाे छ । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरिन् । साे अवसरमा उनले सीमाका विषयमा सिंगो देश एक ढिक्का भएर सरकारलाइ साथ दिएकाले नयाँ नक्सा जारी गर्न सम्भव भएको बताएकी छन् ।

नेपालको नयाँ अद्यावधिक नयाँ सार्वजनिक गर्दै उनले देशको सीमा र राष्ट्रिय अखण्डता कायम गर्न देशबासी नागरिकले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् । उनल नयाँ नक्सा प्रशासनिक क्षेत्र र पाठ्यकक्रमा समेत संशोधन हुने बताइन् 

सरकारले अतिक्रम भएको र छुटेको लिम्पियाधुरा, कालापानी सहितको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको हो । 

No description available.

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top