काम गर्ने र नगर्ने मजदुरलाई बराबरी सेवा सुविधा दिने कुरा व्यवहारिक छैन

account_box लेखराज भट्ट  ,
प्रकाशित: २०७७ जेठ ७, बुधबार,०७:५९:PM  
काम गर्ने र नगर्ने मजदुरलाई बराबरी सेवा सुविधा दिने कुरा व्यवहारिक छैन

कोरोना भाइरसको महामारी अहिले नेपालतिर बिस्तारै सल्किरहेको छ । सरकारले कोरोनालाई नेपाल आउनै नदिने भनेर व्यापक तयारी गर्यो तर, रोक्न सकिएन । अहिले नेपालभित्र प्रवेश गरिसकेको छ । त्यही भएर अहिले सरकारले कोरोनालाई फैलिन नदिन गृहकार्य गरे पनि यो फैलिने क्रममा छ । 

यो किन फैलिँदै छ भन्ने कारणमा जान जरुरी छ । भारतमा कोरोना फैलिएपछि त्यहाँ काम गर्न गएका नेपाली कामदार धमाधम स्वदेश फर्किए । उनीहरु कोरोना संक्रमित भएर नेपाल आए र अन्य व्यक्तिमा पनि कोरोन सल्कियो । 

भारतमा काम गर्न गएका लाखौं कामदार अहिले नेपालभित्र प्रवेश भइसकेका छन् । त्यसैका कारण तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण पनि बढिरहेको छ । महामारीको रुपमा फैलिइरहेको कोरोनालाई कसरी नियन्त्रण गर्ने भन्ने सरकारसामू ठूलो चुनौती छ । अहिले सरकारसामू चुनौती छ, त्यो स्वीकार्य पनि छ । 

उद्योगी व्यवसायीहरु देशको एउटा अंश हो । तपाईहरु नभई हामी अघि बढ्न सक्दैनौ । त्यही भएर उद्योग मन्त्रालयले उद्योगीका संघसंगठनसँग बारम्बार छलफल गरेर एउटा निचोडमा आइपुगेको अवस्था छ । तर, यसका कमी कमजोरीहरु केके हुन्, सरकारको तर्फबाट गर्नुपर्ने के हो ? भन्ने विभिन्न तहबाट हामीले अध्ययन भइरहेको छ । नेपाल उद्योग परिसंघबाट ठोस रुपमा सुझाव आइसकेको छ । 

भारतमा काम गर्न गएका लाखौं कामदार अहिले नेपालभित्र प्रवेश भइसकेका छन् । त्यसैका कारण तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण पनि बढिरहेको छ । महामारीको रुपमा फैलिइरहेको कोरोनालाई कसरी नियन्त्रण गर्ने भन्ने सरकारसामू ठूलो चुनौती छ । 

अहिलेको कोभिड १९ बाट परेको क्षतिको बारेमा अर्थ मन्त्रालयदेखि राष्ट्र बैंकलेसम्म अध्ययन गरिरहेका छन । सबै मन्त्रालयसँग समन्वय भइरकेको छ । अब हामी कसरी जाने र आउने समस्याहरुलाई कसरी सामना गर्ने भन्ने विषयमा सरकार गम्भीर रुपमा लागेको छ । 

अहिलेको मूख्य समस्या भनेको उद्योगहरु सञ्चालन कसरी गर्ने र आन्तरिक रोजगारीलाई कसरी व्यवस्थित गर्ने भन्ने छ । विदेशबाट ठूलो संख्यामा बेरोजार भएर युवाहरु नेपाल फर्किँदै छन् । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने अर्को मुख्या समस्या देखा परेको छ । 

अहिले अत्यावश्यक उद्योगहरुलाई सञ्चालन गर्ने । त्यसैगरी राष्ट्रिय गौरवका आयोजनालाई पनि सूचारु गर्ने पक्षमा सरकार छ । तर, मजदूर त्यहाँ जान सक्छ कि सक्दैन ? कुन मोडलमा जान सक्छ ? सरकारले एउटा मोडल त दियो, तर त्यो अवस्तुवादी भयो । सरकारको उक्त मोडललाई अनुशरण गरेर उद्योगहरु सञ्चालनमा आउन सकेनन् । त्यो बारेमा पनि सरकारले छलफल गरिरहेको छ । 

तीन चरणमा सबै उद्योगलाई सञ्चालनमा ल्याउने सरकारको तयारी छ । एउटा अत्यावश्यक खाद्य उद्योगहरु, दोस्रो निर्माणजन्य उद्योग र तेस्रो निर्यातमुलक उद्योगहरु । नेपाल जतिसुकै कारोनाबाट पीडित बने पनि अब अर्थतन्त्रलाइ चलायनमा बनाउनु छ । त्यसका लागि उद्योग व्यवसाय खोल्नुको विकल्प छैन । 

कोरोनासँग लड्ने कुरा पनि र दैनिकीलाई पनि कसरी सहज बनाउने भन्नेमा हामीले निरन्तर छलफल गरिरहेका छौं । अब हामी डरबाट मुक्त हुन जरुरी छ । अध्यारोपछि उज्यालो हुन्छ भन्ने बुझ्न जरुरी छ । 

अहिले उद्योगको समस्या के के हुन् ? ठोस रुपमा आउनुपर्यो । सरकारले गर्नुपर्ने के के हो ? तपार्इहरु (उद्योगी) ले गर्नुपर्ने कुरा के हो ?
अहिले मजदूरका पनि केही समस्या आएका छन् । त्यसमा पनि सरकार गम्भीर छ । मजदूरका सवालमा सरकारले निर्णय गरेको छ, तर तपाईहरुले उठाएको विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । 

काम गर्ने र नगर्ने मजदूरलाई बराबरी सेवा दिने भन्ने कुरा व्यवहारिक नहुन सक्छ । त्यसलाई कसरी हल गर्ने भन्ने बारेमा सरकार लागिपरेको छ । 

उत्पादित वस्तुलाई बजारमा कसरी पुर्याउने ?

अहिले उद्योगीलाई आफूले उत्पादन गरेको वस्तु बजारमा कसरी पुर्याउने भन्ने कुराले सताएको छ । लकडाउन कसरी र कतिसम्म लैजाने भन्ने छ । लकडाउन अहिलेको आवश्यकता हो कि होइन् ? सरकारले रेड, एल्लो र ग्रिन भनेर छुट्याएका छ । जुन ठाउँमा कोरोना देखिन्छ, त्यो अनुसार हाम्रो नीतिलाई परिवर्तन गरेर लैजानु पर्छ । 

(नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राखेका विचारका आधारमा तयार पारिएको लेख)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top