काठमाडौं । मोबाइल एप रिचार्जरबाट एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट कार्ड मार्फत सामान खरिद गर्दा १० प्रतिशत छुट पाइने भएको छ ।
ग्लोबल की टेक्नोलोजी र रिचार्जरका बिचमा भएको सम्झौता अनुसार मे महिना भरी बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने छन् ।
रिचार्जरले के एन ९५ मास्क निशुल्क होम डेलिभरी सहित १७५ रुपैंयामा उपलब्ध गराउदै आएको छ । त्यस्तै, कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्सलगायतका सामान सस्तो मूलयमा उपलब्ध गराउँदै आएको छ ।
रिचार्जरको यो अफरमा एनआईसी एशिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एशिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भए पछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता गरिनेछ ।
ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा सुरु गरिएको योजनामा एनआईसी एशिया बैंकको योजना पनि थपिए पछि झनै सस्तो मूल्यमा कोरोना सुरक्षाका सामान पाइने बताए । ‘एनआईसी एशिया बैंक र रिचार्जरको यो सहकार्यले धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने उनको विश्वास छ । एपमा मास्कको मूल्य २ सय रुपैंया रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैंयामा खरिद गर्न सकिन्छ’ उनले भने ।
गूगल प्ले तथा एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरेर खाता सञ्चालन गरे पछि १०० क्यास प्वान्ट उपलब्ध हुने छ । सोही क्यास प्वाइन्टको सहायताले नयाँ प्रयोगकर्ताले पनि १७५ रुपैंयामा मास्क खरिद गर्न सक्ने उनले बताए ।
‘यो मास्कको बजार मूल्य ३५० देखि ५५० रुपैंयासम्म सम्म छ, हामीले नाफा नोक्सान नहेरी हाम्रा प्रयोगकर्ताको सहजताका लागि सस्तोमा मास्क उपलब्ध गराएका हौं’ ग्लाइडरले भने ।
टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा ३ हजार ८०० रुपैंयामा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन ५ हजार रुपैंयाभन्दा माथिको मूलयमा बिक्री बितरण भैरहेको छ ।
मोबाइल, ल्यापटप, क्यामेरा लगायतका विद्युतीय उपकरण बिक्री बितरणमा इ हबका रुपमा परिचित रिचार्जर एपबाट सामान किन्दा विभिन्न वालेट सेवाप्रदायक, बैंक वित्तीय संस्थाका इन्टरनेट बैंकिङ, डेटि तथा क्रेडिट कार्डका साथै सामान डेलिभरीका बेला पनि रकम भुक्तानी गर्न सकिन्छ ।
नेपाली एप हामी नेपाली हरुकै लागी भन्ने नाराको साथ सेवा दिँदै आएको रिचार्जरबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेलका मोबाइल तथा ल्याण्डलाइन फोन रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाइन्छ भने विद्युत, सबै इन्टरनेट सेवाप्रदायक, बीमा, सिनेमा लगायतका सेवाको बिल भुक्तान गर्दा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गरी सस्तोमा सामान किन्न सकिन्छ ।