काठमाडौ । कोरोना भाइरस संक्रमितको संख्या बढेर १ हजार ५६७ पुगेको छ । आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आइतबार १६६ जना थपिएको बताए ।संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना छन ।
यस्तै नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको देवकोटाले जानकारी दिएका छन ।
संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका हुन् ।