जोन्टा क्लब काठमाडौंको अध्यक्षमा सीमा गाल्छा चयन भएकी छिन् । क्लबले भर्चुअल रूपमा आफ्नो छैटौँ वार्षिक साधारणसभा गर्दै नयाँ अध्यक्ष चयन गरेको हो। क्लबले औपचारिक रूपमा बाइएनियम २०२०—२०२२ का लागि सीमा गोल्छालाई अध्यक्ष चयन गरेको हो ।
सभाबाट क्लबको सदस्यमा आभा शाह, कमलकेशरी तुलाधर, मृदुला राजभण्डारी र मुन प्रधान चयन भएका छन् । भर्चुअल साधारणसभामा गत वर्ष जोन्टाले गरेका कामका भिडियो, प्रिजेन्टेसन र रिपोर्टहरू पनि प्रस्तुत गरिएको थियो ।
जसमा शिक्षाप्रतिको काम, महिला हिंसाविरुद्ध, बालविवाह अन्त्यका लागि अभियानहरू र विभिन्न वकालत र सशक्तीकरण कार्यक्रमहरू समावेश गरिएको क्लबले जनाएको छ ।
सभामा तत्कालीन अध्यक्ष मीरा ज्योतिलाई सफल कार्यकाल पूरा भएकोमा आभार समेत प्रकट गरिएको थियो । सोही समयमा क्लबमा पाँचजना नयाँ सदस्य थपिएका थिए ।
५० भन्दा बढी सदस्यहरूको सहभागिताका साथ वार्षिक साधारणसभा सफल र समृद्ध सत्र बनेको क्लबले जनाएको छ । यसले सेवा र वकालतका माध्यमबाट महिलाहरूको कानुनी, राजनीतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र व्यावसायिक स्थिति सुधारका लागि काम गरिरहेको जनाएको छ ।