‘माइला कान्छा अभियान‘बाट तीन सय ५० लाई राहत

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ३१, शनिबार,०८:५३:AM  
‘माइला कान्छा अभियान‘बाट तीन सय ५० लाई राहत

जमुना वर्षा शर्मा, पोखरा । बन्दाबन्दीले समस्यामा परेका पोखरा महानगरका करिब १० वडाका तीन सय ५० विपन्न परिवारलाई ‘माइला कान्छा अभियान’बाट राहत वितरण गरिएको छ ।

पोखरा –९ स्थित प्रदर्शनी केन्द्रबाट अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले एक बोरा चामल, तेल, नुन र सोयाविन गरेर तीन सय ५० परिवारलाई राहत वितरण गरेका हुन् । 

युके निवासी माया र पार्वती गुरुङ नेपाल आएलगत्तै बन्दाबन्दीमा परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियान मार्फत राहत वितरण गर्दै आएका छन् ।

“बन्दाबन्दीका कारण धेरैेले रोजगारी गुमाइरहेका छन्, काम गरेर खाने वातावरण बन्न सकेको छैन, असहज परिस्थितिमा सेवा नै धर्म हो भनेर राहत वितरणमा जुटेका हौँ ।” अभियानकर्मी माया गुरुङ ९कान्छा० भनिन् ।  उनले राहतमा  एक बोरा चामल नुन, तेल, सोयावीन लगायतका सामग्री वितरण गरेको जानकारी दिइन् । उनका अनुसार अभियानमार्फत्  राहत वितरणको  अन्तिम कार्यक्रम हो । 

अभियानका अर्का सदस्य पार्वती गुरुङ (माहिला)ले रोगले भन्दा पनि भोकले मरिने समस्या देखिन थालेपछि अभियान मार्फत सहयोगमा जुटेको बताइन् । “अभियानलाई युके निवासी नेपाली दाजुभाई दिदीबहिनीबाट निरन्तर सहयोग भयो र लक्षित वर्गसम्म सहयोग पु¥याउन सफल भयौँ” गुरुङले भनिन् । 

उनले हालसम्म माइला कान्छा अभियानबाट  करिब रू १८ लाख संकलित भएको र सो रकमबाट एक हजार बढी परिवारलाई राहत सामग्री कतिपय अवस्थामा नगद रकम समेत वितरण गरेको जानकारी दिइन् । 

सोही स्थानबाट तमु प्ये ल्हु संघ युके आमा समुहका अध्यक्ष विष्णु गुरुङ संयोजकत्वमा संकलित एक लाख ४० हजार रकमबाट ७० जना विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।  राहत लिन आउन सक्नेलाई सोही स्थानबाट र लिन आउन नसक्नेलाई घर घर मै राहत पु¥याएको राहत वितरण कार्यक्रममा समन्वय गरिरहनु भएका काँग्रेस नेतृ सरस्वती गुरुङले जानकारी दिइन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top