काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
विनियोजित बजेट मध्ये चालु खर्चतर्फ ५७ प्रतिशत अर्थात १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोज गरिएको छ । त्यस्तै पूजीगत खर्चतर्फ ३४ प्रतिशत अर्थात ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार बजेट विनियोजन गरेको छन् । वित्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत २ अर्ब ९९ करोड ६५ लाखबजेट विनियोजन भएको छ ।
कर्णाली प्रदेश सरकारले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ८७ करोड ४१ लाख बजेट छुट्टयाएको छ । बजेटले करिब ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
स्रोत व्यवस्थापन तर्फ ११ अर्ब १९ करोड चालु आर्थिक वर्षमा खर्च नभएको रकम, ३० करोड ६ लाख आन्तरिक राजश्वबाट, ७ अर्ब ३९ करोड ५६ लाख संघीय सरकारको राजश्व बाँडफाँड, ९ अर्ब ६३ करोड २९ लाख वित्तीय समानीकरण अनुदानबाट स्रोत व्यवस्थापन हुने मन्त्री ज्वालाले जानकारी दिए ।
यस्तै ४ अर्ब ४९ करोड ११ लाख सर्शत अनुदान, २५ करोड २५ लाख समपूरक अनुदान, ४६ करोड विशेष अनुदान र १ करोड ७६ लाख वैदेशिक सहायताबाट स्रोत व्यवस्थापन हुने उनले बताए ।
प्रतिक्रिया