काठमाडौं । जलविद्युत, बीमा, केवलकार र लगानी गरी डेढ दर्जन कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन ।
ती कम्पनीहरुले कुल ४ अर्ब ७७ करोड ५७ लाख २६ हजार रुपैयाँ बराबरको ४ करोड ७७ लाख ५७ हजार २६४ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
यी मध्य एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएका छन ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।
एनआईसी लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता, अजोडले ३० करोड रुपैयाँ बराबरको ३० लाख र साधान लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन । एनआईसीको लघुवित्त मध्ये सबैभन्दा बढी आईपीओ हो । एनआईसी एसियाको आईपीओ असार १४ गतेदेखि निष्कासन हुँदै छ ।
सबैभन्दा बढी आईपीओ निष्कासन गर्नेमा मध्यभोटेकासी जलविद्युत कम्पनी लिमिटेड रहेको छ । मध्य भोटेकोसीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
यस्तै हिमालयन हाइड्रोपावर लिमिटेड, विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, सिंगटी हाइड्रोपावर लिमिटेड, ग्रिनलाइफ हाइड्रोपावर लगायत डेढ दर्जन कम्पनीहरु छन ।
यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शुवम पावर लिमिटेड, मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड र सीआईबीएल क्यापिटल लिमिटेड रहेका छन । आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिनमो जलविद्युत कम्पनीहरु बढी छन ।