कोभिडका कारण इपानको निर्वाचन स्थगित

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १५, साेमबार,०७:४५:AM  
कोभिडका कारण इपानको निर्वाचन स्थगित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को आज हे असार(१५ गते) हुने भनिएको निर्वाचन स्थगित भएको छ । कोभिड–१९ को महामारीका कारण निर्वाचन स्थगित गर्नुपरेको इपानले जनाएको छ । 

सरकारले २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले परिपत्र जारी गरेपछि निर्वाचन स्थगित भएको इपानले जनाएको छ । 

कोभिडका कारण सोमबार हुने निर्वाचनमा कृष्ण आचार्य र सूर्यप्रसाद अधिकारीको प्यानल प्रतिस्पर्धा गर्दै थियो । सहमतिमा नेतृत्व तथा पदाधिकारी चयन गर्ने प्रयास भए पनि अन्तिम समयमा सम्भव नभएपछि दुवै पक्ष निर्वाचनमा जाने निर्णय गरेको थियो ।

निर्वाचनको बहस, छलफल तथा कोभिड महामारीको समयमा हुलमुल गर्न नहुने भन्दै परिपत्र गरेपछि इपान निर्वाचन स्थगित गर्न बाध्य भएको छ । इपान सदस्य रोशन बस्नेतले कोभिड महामारीको समयमा निर्वाचन गर्न लागेको भन्दै उजुरी जारी गरेपछि जिल्ला प्रशासनले परिपत्र जारी गरेको जनाइएको छ ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top