सेयर बजार १२.८७ अंक घट्यो, हिमालयन डिष्टिलरीको सबैभन्दा बढी कारोबार 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १५, साेमबार,०३:२३:PM  
सेयर बजार १२.८७ अंक घट्यो, हिमालयन डिष्टिलरीको सबैभन्दा बढी कारोबार 

काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएपछि खुलेको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार बजार १२.८७ अंक घटेर नेप्से परिसूचक १ हजार ८८८.७० अंकमा सीमित भएको छ । 

सोमबार ३४ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । बजार घटे पनि हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।

हिमालयनको प्रतिकित्ता १ हजार ३२५ रुपैयाँमा ३ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ५० रुपैयाँमा २ करोड ७७ लाख र एनआईसी एसिया बैंकको ४४८ रुपैयाँमा २ करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

बजार खुलेपछि सेयर बजार ५० अंक अर्थात ४ प्रतिशत माथिसम्म घटेकोमा पछि सम्हालिंदा १२ अंकमा सीमित हुन पुग्यो । सोमबार व्यापार, उत्पादन र जीवन बीमा कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

बैंक तथा वित्तीय संस्था, होटल, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र म्युचअल फण्डको घटेको छ । बजार घटे पनि नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी, नेपाल इन्भेस्टमेन्ट बैंक र शिवम सिमेन्टस् लिमिटेडका लगानीकर्ताले कमाएका छन । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top