खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई सहुलियतमा चिनी आयात गर्न अनुमति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार,०४:२२:PM  
खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई सहुलियतमा चिनी आयात गर्न अनुमति

काठमाडौं ।  सरकारले सहुलियतमा चिनी आयात गर्न खाद्य कम्पनी र साल्ट ट्रेडिङ कम्पनीलाई अनुमति दिएको छ । साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले दुई कम्पनीलाई गरी ३० हजार टन चिनी आयात गर्नका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ,सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

यी दुई कम्पनीले चीन आयात गर्दा ५० प्रतिशत भन्सार छुट पाउने छन्। सरकारले चिनी आयातमा प्रतिबन्धात्मक बन्देज लगाएपछि आयातको कोटा सरकारले निर्धारण गर्दै आएको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top