भारतमा सिलिकन भ्यालीको अर्बाैं लगानी, के हो त योजना ?

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०७:००:AM  
भारतमा सिलिकन भ्यालीको अर्बाैं लगानी, के हो त योजना ?

एजेन्सी । यो वर्षको सुरुवातमा सिलिकन भ्यालीले अर्बौं डलर लगानी भारतमा खन्यायो । सिलिकन भ्यालीका प्रमुख खेलाडीहरु फेसबुक इंक र गूगल इंकले क्रमशः ५ अर्ब ७ करोड र साढे ४ अर्ब डलरको लगानी गरेका छन् । 

यस्तै चिप निर्माणकर्ता कम्पनीहरु क्वालकम र इन्टेलले पनि अन्य अमेरिकी टेक कम्पनीहरुको पदचिन्ह पछ्याउँदै भारतमा लगानी सम्झौताहरु गरेका छन् । 

यी सबै लगानीहरु भारतको जियो कम्पनीमा जानेछन् । उर्जादेखि खुद्रासम्म फैलिएको मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज लिमिटेडको एउटा अंगको रुपमा रहेको जियो टेलिकममा अमेरिकी कम्पनीहरुले लगानी खन्याइएका हुन् । जियोले चार वर्षमै ३८ करोड ८० लाख ग्राहक संख्या जुटाउँदै भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी बनेको छ । 

यस्तै सिलिकन भ्यालीका लागि हेर्ने हो भने भारतसँगको उसको साझेदारीले एशियाली क्षेत्रको उदाउँदो बजारमा पकडलाई थप मजबूत बनाएर राख्नेछ । यसले भारतले प्रतिस्पर्धी मुलुक चीनको लगानीलाई खुम्चाउन पनि मद्दत गर्दछ । 

नयाँ तथा ठूला लगानीकर्ताको सहयोगको बलमा जियोले भारतको डिजिटल अर्थतन्त्रलाई हाँक्ने लक्ष्य लिएको छ । जियोले टेक क्षेत्रमा ई–कमर्शदेखि स्ट्रिमिङ सेवासम्म पाँच वर्षभित्र एक्लैले अगाडी बढाउँदै लैजाने लक्ष्य लिएको छ । 

यस्तै सिलिकन भ्यालीका लागि हेर्ने हो भने भारतसँगको उसको साझेदारीले एशियाली क्षेत्रको उदाउँदो बजारमा पकडलाई थप मजबूत बनाएर राख्नेछ । यसले भारतले प्रतिस्पर्धी मुलुक चीनको लगानीलाई खुम्चाउन पनि मद्दत गर्दछ । 

‘यी कम्पनीहरु अहिले आक्रमकरुपमा भारतमा प्रवेश गरिरहेका छन्, यसकारण १० वर्षमा बजार बढेर जुन अवस्थामा पुग्दा पनि यी कम्पनीहरु यहाँको बजारबाट बाहिर फ्याँकिने छैनन् ।’ फर्रेस्टर रिसर्चकी विश्लेषक सतिस मिना भन्छिन्,‘उनीहरु भविष्यको लागि पहुँच किन्दैछन् ।’

भारत फेबसुकको ठूलो बजार हो । त्यहाँ ३० करोडभन्दा धेरै फेसबुक र ४० करोडभन्दा धेरै ह्वाट्सएप प्रयोगकर्ताहरु छन् । 

गत अप्रिलमा जियोमा लगानी गरेदेखि यी दुई कम्पनीहरुले सो क्षेत्रमा महत्वपूर्ण ई–कमर्श इनिसिएटिभ्सहरु सार्वजनिक गरिसकेका छन् । भारतका करोडौं स्थानीय ग्राहकहरुसँग जोडिन फेसबुकले रिलायन्स प्लेटफर्मको जियोमार्टलाई ह्वाट्सएपमा एकिकृत गरेको छ । 

विश्लेषकहरुका अनुसार जियोमार्टसँग मिलाएर ह्वाट्सएप सञ्चालन गर्दा यसले अनलाइन कारोबारका लागि भारतको तिब्र गतिमा विस्तार भइरहेको बजारमा थप छिटो प्रभाव जमाउन मद्दत गर्दछ । यो आयको नयाँ स्रोत बन्नेछ । 

‘अर्को ३० करोड, ४० करोड, ५० करोड मानिसहरु अनलाइनमा आउन सक्छन् भन्ने सधै कुराकानी हुने गर्छ । यो समीकरणको अर्को पाटामा पनि ध्यान केन्द्रित गर्न त्यतिकै आवश्यक छ की अर्को ६ करोडको साना व्यवसायलाई पनि अनलाइनमा ल्याएर हामीले कसरी सम्भावनाको पोकोलाई पूर्णरुपमा खोल्न सक्छौं भनेर ध्यान दिन पनि आवश्यक छ ।’ भारतका लागि फेसबुकका व्यवस्थापक निर्देशक अजित मोहन भन्छन् । 

फेसबुक कम्पनीको त्यस्तो कदमले भारतमा विजनेस टूलको रुपमा बढ्दै गइरहेको ह्वाट्सएपको महत्वलाई थप विकास गरेको मोहन बताउँछन् । 

‘आज भारतमा धेरै साना व्यवसायीहरुको लागि अनलाइन हुनु भनेको उनीहरुको नम्बर ह्वाट्सएपमा हुनु हो ।’ मोहन भन्छन् ‘जब तपाई वरपर हिँडडूल गर्नुहुन्छ तब जताततै तपाईले ह्वाट्सएप लोगो सहितको साइनबोर्डहरु देख्न सक्नुहुन्छ ।’

विगतमा फेसबुकको पनि भारतको नियामकसँग सम्बन्ध अमिलिएको थियो । यसैले २०१६ मा उसले आफ्नो फ्रि बेसिक्स अनलाइन एक्सेस प्लानलाई रोकेको थियो । यसकारण ह्वाट्सएपले पेले पनि भारतको नियामकबाट कानूनी स्पष्टता पाउन भने अझै बाँकी नै छ । 

गत हप्ता ह्वाट्सएपले भारतमा विमा र क्रेडिटको शाखा विस्तार गर्ने योजना बनाएको थियो । यसैबीच फेबसुले यसै महिला भारतमा आफ्नो इन्स्टाग्राम रिल्स सार्वजनिक गरेको छ । यो गत जूनमा भारतमा प्रतिबन्धित बनेको टिकटक चिनियाँ प्रतिद्वन्द्धी हो ।  

‘आज भारतमा धेरै साना व्यवसायीहरुको लागि अनलाइन हुनु भनेको उनीहरुको नम्बर ह्वाट्सएपमा हुनु हो ।’ मोहन भन्छन् ‘जब तपाई वरपर हिँडडूल गर्नुहुन्छ तब जताततै तपाईले ह्वाट्सएप लोगो सहितको साइनबोर्डहरु देख्न सक्नुहुन्छ ।’

गूगल

गूगलले जियोसँग एन्ड्रोइड ओपरेटिङ सिस्टममा आधारित सस्तो मूल्यको स्मार्टफोन भारतमा निर्माण गर्ने योजना बनाएको छ । स्मार्टफोनको ठूलो बजार भारतमा वृद्धि हासिल गर्ने उसको लक्ष्य हो । 

भारतमा हाल ५० करोड स्मार्टफोन प्रयोगकर्ताहरु रहेका छन् र २०२२ सम्म यो संख्या बढेर ७० करोड पुग्ने काउन्टरपोइन्ट रिसर्चले देखाएको छ । जबकी अन्य ३५ करोडले एकदमै सामान्य फिचर फोन प्रयोग गरिरहेका छन् । 

न्यून मूल्य तथा भारी छूटको बस्तुबाट बजार हिस्सा ओगट्न सफल रिलायन्ससँग मिलेर गूगलले फिचर फोन प्रयोग गरिरहेका करोडौं भारतीय प्रयोगकर्ताहरुलाई सस्तो फोनमा सिफ्ट गराउन सक्ने अपेक्षा गरेको छ । अवसर हामीले देखेका छौैें ।’ गूगलका सीईओ सुन्दर पिचाईले यसै महिना भनेका छन् । 

डिभाइसको बजारमा आफ्नो ठाँउ सुरक्षित राख्दा गूगलले आफ्नो सेवालाई प्रवद्धन गर्न अझ महत्वपूर्ण ठाउँ पाउने पेमेन्ट एप टेक्नोपाकका अरविन्द सिंगाल बताउँछन् । ‘भारतका अधिकांश मानिसहरुको रोजाईमा गूगलको फोन पर्ने सम्भावना उच्च छ । यससँगै उसको पेनिट्रेसन समेत हाई हुन्छ ।’ सिंगालले भने । 

इन्टेल क्वालकम

इन्टेल र क्वालकम दुबै कम्पनीले जियोमा क्रमशः २५ करोड ३० लाख डलर र ९ करोड ७० लाख डलर लगानी गरेर दुबैले जियोको सानो अंश सेयर खरिद गरेका छन् । 

यो सम्झौता चिप निर्माणकर्ता कम्पनीहरुका लागि ठूलै रणनीतिक डिल थियो । यसबीच यसै महिना जब अम्बानीले जियोले आफ्नै फाइभजी सेवाको स्यूट विकास गरिरहेको घोषणा गरे तब यो अझै राणनीतिक बन्न पुग्यो । 

‘यो लगानी हुने पैसाको मात्र कुरा होइन । यो त समन्वयको कुरा हो । इन्जिनियरिङ सपोर्टमा, प्रोडक्टको ज्ञानमा, बजार पहुँचमा । यो प्याकेजभित्र रहेका सबै कुरा यसम समेटिन्छन् ।’ जियो फोनको पूर्जाहरु आपूर्ति गरिसकेका क्वालकम भारतका अध्यक्ष राजेश भगडियाले बताए । 

यो लगानीले जियोमा चिप निर्माणकर्ताको उत्पादित बस्तु किन्न एउटा नरम दबाबको काम गरिरहेको काउन्टरपोइन्टका नेल शाह बताउँछन् । लगानीसँगै अब क्वालकमले जियोको फाइजभी उपकरणका लागि चिप बेच्न सक्ने छ भने इन्टेलले पनि आफ्नो मोबाइल बेस स्टेसनहरु उसलाई बेच्न पाउनेछ । 

इन्टेल इंडियाकी प्रमुख निभ्रुती राई भन्छिन्, ‘यो लगानी इन्टेल क्यापिटल र इन्टेलले धेरै विचार गरिरहेको प्रविधिमा गरिएको हो ।’

विश्वका ठूला चिप निर्माणकर्ता कम्पनी र इन्टरनेट जाइन्ट कम्पनीहरुले भारतमा पंहुच विस्तार गर्नलाई प्रविधिमा जून लगानी ल्याईरहेका छन् । यस्तो लगानी विश्वको अन्य भागमा समेत गर्न सकिन्छ । उदाहरणका लागि अफ्रिका पनि त्यो सम्भावित क्षेत्र बन्नसक्छ । 

भगडिया भन्छन्, ‘भारतको ठूलो जनसंख्या त्यो आधार हो जसले हामीलाई यहाँ खेल्न सकिन्छ, बिक्न सकिन्छ र फाइदा कमाउन सकिन्छ भनेर विश्वास दिलाएको छ । यो कुरा सबै कम्पनीहरुले स्पष्टरुपमा देख्दै आइरहेका छन् ।’


  

 

 

 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top