इन्द्रावती आयोजना सञ्चालनमा आउन एक साता लाग्ने, ३ करोड खर्च हुने प्रारम्भीक अनुमान 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०३:२७:PM  
इन्द्रावती आयोजना सञ्चालनमा आउन एक साता लाग्ने, ३ करोड खर्च हुने प्रारम्भीक अनुमान 

काठमाडौं।  बालुवा थिग्राउने पोखरी (डिसेन्डिङ वेसिन) लाई पहिरोले पुरेपछि  नेसनल हाइड्रोपावर लिमिटेडले सञ्चालन गरिरहेको ७.५ मेगावाटको इन्द्रावती जलविद्युत आयोजना सञ्चालनमा ल्याउन एक साता लाग्ने भएको छ । 

आयोजनाको बाँधमा रहेको बालुवा छान्ने पोखरीमा पहिरो गएर माटो जम्मा भएपछि अहिले आयोजना पूर्ण रुपमा बन्द भएको कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बताए । पहिरोबाट भएको क्षतिको अध्ययन भइरहेको उनले जानकारी दिए । उनले क्षतिको विवरण आएपछि मात्र सबै कुरा जानकारी हुने उनले बताए । 

अध्यक्ष पाण्डेका अनुसार एक साता आयोजना बन्द हुँदा बिजुली बिक्रीबाट हुने १ करोड आम्दानी गुम्ने संभावना रहेको छ । यस्तै पहिरो पन्छ्याउन र मर्मतका लागि थप २ करोड गरी कुल ३ करोड रुपैयाँ खर्च हुने संभावना रहेको उनले जानकारी दिए ।

सरकारले सडक खनेका कारण आयोजनाको डिसेन्डिङ वेसिनमाथि पहिरो गएको उनको भनाई छ । आयोजना सिन्धुपाल्चोकको  पाँचपोखरी थाङपाल ८ तिपेनीमा पोखरीमा गए राति २ बजेतिर पहिरो खसेर क्षति पुगेको हो।

मुख्य गेट, फ्लसिङ सिस्टम  तथा पोखरीलाई ठुलो क्षति पुर्याएको छ । हेडवर्क्सभित्र माटो, ठुला ठुला ढुंगा र रुखहरु खसेका छन्।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top