सनराइज बैंक र हङ्गकङ्गस्थित एटी सर्भिस लिमिटेडबीच अनलाइन विप्रेषण सेवासम्वन्धी सम्झौता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०४:३३:PM  
सनराइज बैंक र हङ्गकङ्गस्थित एटी सर्भिस लिमिटेडबीच अनलाइन विप्रेषण सेवासम्वन्धी सम्झौता

काठमाडौं । सन्राइज बैंक लिमिटेड र हङ्गकङ्ग स्थित एटी सर्भिसेसमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आसा गरिएको छ ।

यसरी एटी सर्भिसेसमार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।   एटी सर्भिसेसमार्पmत हङ्गकङ्ग बाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंकका देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सन्राइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top