इसुजु भी–क्रसको नयाँ संस्करण नेपाली बजारमा, यस्तो छ मूल्य 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १६, शुक्रबार,०६:०५:PM  
इसुजु भी–क्रसको नयाँ संस्करण नेपाली बजारमा, यस्तो छ मूल्य 

काठमाडौं । नेपालका लागि इसुजु गाडीको अधिकृत बिक्रेता कन्टिनेन्ट ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भी–क्रसको परिष्कृत संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालभरका इसुजु डिलरबाट यो गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । ७० लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको तथा २० वटा नयाँ फिचर थपिएको उक्त गाडीको बुकिङ खुलेको छ ।

४–सिलिन्डर, कमन रेल, भिजिएस टर्बो इन्टरकुल्ड, २.५ लिटर डिजेल इन्जिनबाट सज्जित इसुजु भी–क्रसको परिष्कृत संस्करणको इन्जिनले १३४ एचपी र ३२० एनएम टर्क प्रदान गर्छ । पाँच स्पिड म्यानुअल गेरबक्स रहेको यो गाडीमा फोरह्विल ड्राइभ (सिफ्ट–अन–फ्लाई) मोड पनि उपलब्ध छ ।

इसुज गाडीहरु कम समस्या आउनेको अग्रपंक्तिमा पर्छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन देशभरका सहरी इलाकामा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको र यसलाई अझै सुदृढ बढाउँदै लगिने जानकारी दिएको छ । 

२०१९ इसुजु भी–क्रसको नयाँ भर्सन अगाडिपट्टि नयाँ ग्रिल र नयाँ स्वरुपमा आएको छ, जसमा बी–एलइडी हेडल्याम्प र क्रोम बेजेल सहितको फग ल्याम्प छन् । पछाडिपट्टि एलइडी टेल ल्याम्प र अपग्रेडेड क्रोम बम्पर छ । बाहिरी विशेषतामा १८ इन्चको डायमन्ड कट अलो ह्विल, रुफ–रेल र सार्क फिन एन्टेना छ । यसका साइड स्टेपहरु पनि पुनः डिजाइन गरी परिष्कृत गरिएका छन् ।

नयाँ इसुजु भी–क्रस प्यासिभ इन्ट्री एन्ड स्टार्ट स्टप (पिइएसएस) प्रणालीका साथ आएको छ । यो लाइफस्टाइल पिकअपको सुरक्षा विशेषतामा लचिलो र भार सीमित गर्ने सिटबेल्ट, गति संवेदनशील स्वचालित डोर लक, अगाडि सिटमा बस्ने व्यक्तिले सिट बेल्ट नबाँधेको खण्डमा सम्झाइदिने प्रणाली लगायत छन् । 

भारतको आन्ध्र प्रदेशमा रहेको इसुजु मोटर्स इन्डिया म्यानुफेक्चरिङ प्लान्टमा उत्पादित भी–क्रस सफायर ब्लु र सिल्की पर्ल ह्वाइट गरी थप दुई रङमा उपलब्ध छ । साबिकको रुबी रेड, टिटानियम सिल्भर, अब्सिडियन ग्रे, कस्मिक ब्ल्याक र स्प्लास ह्वाइट रङमा पनि यो गाडी उपलब्ध छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top