काठमाडौं । विभिन्न ५ ओटा वाणिज्य बैंकहरुले ऋणपत्र (वण्ड) निष्कासन गर्ने भएका छन । लगानीयोग्य पुँजी जुटाउन बैंकहरुले ऋणपत्र निष्कासन गर्न लागेका हुन । ऋणपत्रबाट संकलन भएको न्युनतम ८० प्रतिशतर रकम बैंकहरुले कर्जा प्रवाह गर्छन ।
ऋणपत्र निष्कासन गर्न बैंकहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । सिद्धार्थ बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र बैंक अफ काठमाण्डुले ९ अर्ब ६० करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन ।
सूचि हेर्न यहाँ क्लिक गर्नुहोस
नेपाल राष्ट्र बैंकले चुक्तापुँजीको न्युनतम २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि बैंकहरुले बोर्डमा आवेदन दिएका हुन । रकमका आधारमा सानिमा बैंकले सबैभन्दा बढी ऋणपत्र निष्कासन गर्न लागेको छ ।
उसले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कास गर्न लागेको हो । १० वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याजदर वार्षिक १०.२५ प्रतिशत छ । ऋणपत्रको अवधि २०८६ सालसम्म छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । एनसीसीले १० वर्षका लागि ल्याएको ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कास गर्न बोर्डमा निवेदन दिएको छ । ७ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याजदर ८.५ प्रतिशत छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यपिटल लिमिटेड रहेको छ ।
यस्तै बैंक अफ काठमाण्डुले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । उसले वार्षिक १० वर्षका लागि निष्कासन गर्न लागेको बीओके डिवेञ्चरको ब्याजदर १०.२५ प्रतिशत निर्धारण गरेको छ ।
एभरेष्ट बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । ७ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत छ ।