एक महिना भित्र विदेशमा अलपत्र नेपालीलाई फर्काउन सरकारलाई संसदीय समितिको निर्देशन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २८, आइतबार ,०६:३३:PM  
एक महिना भित्र विदेशमा अलपत्र नेपालीलाई फर्काउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक महिना भित्र विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पुगेका र रोजगारी गुमाई अलपत्र अवस्थामा परेका नेपालीहरुलाई एक महिना भित्र ल्याइसक्न श्रम मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशमा अलपत्र नेपालीहरुलाई ल्याउने सम्बन्धमा प्रभावकारी कार्यसम्पादन गर्न नसकेको बताए । ‘वैदेशिक रोजगारीको रुपमा साउदी अरब, कतार, कुवेत, मलेसिया आदि देशमा गएका र कोभिड १९ को कारणबाट लामो समयसम्म रोजगार विहीन भई अलपत्र अवस्थामा रहेका श्रमिकहरुलाई नेपाल ल्याउने सम्बन्धमा सम्बन्धित सरकारी निकायहरुबाट प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा समितिको गम्भिर ध्यानाकर्षण भएको छ’, समितिको निर्णयमा भनिएको छ ।

यसरी अलपत्र अवस्थामा परेका श्रमिकहरुलाई जतिसक्दो छिटो कम्तीमा एक महिना भित्र उद्दार कार्य सम्पन्न गर्ने हाल अलपत्र अवस्थामा परेका नेपालीहरुलाई ल्याउने कार्य तत्काल आरम्भ गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिन्छ ।’

सभापति श्रीवास्तवले उद्दार कार्यमा आवस्यक उडान व्यवस्थापन गर्न एयरलाइन्सहरुसँग समन्वय गरी कार्य सम्पादन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि निर्देशन दिएको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी रोजगार बाट थप

Top